Prakash Adhikari January 3, 2022

 

खार्तुन(सुडान), १९ पौष (बीबीसी) । सेनासँग एउटा विवादास्पद सम्झौता गरे पश्चात् सुडानको प्रधानमन्त्रीका रूपमा पुनः फर्किएका अब्दुल्ला हमदुकले केही हप्तामै पदबाट राजीनामाको घोषणा गरेका छन्।

गत अक्टोबर महिनामा सेनाले शक्ति आफ्नो हातमा लिएको थियो र हमदुकलाई उनकै निवासमा नजरबन्द गरिएको थियो।

तर कुको नेतृत्वकर्ताहरूसँग शक्ति बाँडफाँड सम्बन्धी एउटा सम्झौता पश्चात् पदमा उनको पुनर्बहाली गरिएको थियो।

प्रदर्शनकारीहरूले भने उक्त सम्झौताको विरोध गर्दै पूर्ण रूपमा नागरिक शासनको माग गरेका छन्।

लगातार दोस्रो दिन प्रदर्शन भएपछि उनले पदबाट राजीनामा गरेका हुन।

चिकित्सकहरूका अनुसार पछिल्लो प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ।

टेलिभिजन सम्बोधनका क्रममा हमदुकले सुडान ूखतरनाक मोडमा छ जसले यसको सम्पूर्ण अस्तित्वलाई खतरामा पारेको छू भन्नुभएको छ।

उहाँले आफूले देशलाई ुुविपद्तर्फ उन्मुख हुनबाटुु जोगाउन सक्दो प्रयास गरेको तर ुुसहमतिमा पुग्नका लागि सबै कार्य गरे पनि त्यसो हुन नसकेकोुु बताउनुभयो।

सन् २०१९मा व्यापक विरोध पश्चात् लामो समय सुडानमा शासन गरेका ओमार अल‍(बशिरको सरकार अपदस्थ भएसँगै नागरिक अनि सैन्य नेतृत्वकर्ताहरूले एउटा असहज शक्ति साझेदारी सम्बन्धी सम्झौता गरेका थिए जसको उद्देश्य देशलाई लोकतान्त्रिक नेतृत्व तर्फ उन्मुख गराउनु थियो।

गत नोभेम्बरमा भएको सम्झौता अनुरूप पुनः पदबहाल भएका प्रधानमन्त्रीले आगामी निर्वाचनसम्म प्राविधिकहरू संलग्न रहने मन्त्रिपरिषद्को नेतृत्व गर्नुपर्ने थियो।

तर नयाँ नागरिक सरकारसँग कति शक्ति हुन्छ भन्ने कुरा भने अस्पष्ट थियो र प्रदर्शनकारीहरूले आफूहरूले सेनालाई विश्वास नगर्ने बताएका थिए।

Share Now

Leave a comment.