काठमाडौं, १९ पौष । ओमानमा हुने विश्वकप क्वालिफायर क्रिकेट प्रतियोगिताको लागि निर्धारण गरिएको बन्द प्रशिक्षणमा बहुसंख्यक क्रिकेट खेलाडी अनुपस्थित भएका छन् ।
नेपाल क्रिकेट संघले चयन गरेको ३० जना मध्ये आजदेखि मैदानमा सुरुभएको बन्द प्रशिक्षण शिविरमा जम्मा १४ जना खेलाडी उपस्थित भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले ३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा १४ खेलाडी मात्र मैदानमा उपस्थित भएर प्रशिक्षण थालेका छन् ।
२० खेलाडीले क्याम्पका लागि रिपोर्टिङ गरेकोमा ६ जना होटलमै छन् । कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा छन् ।
बाँकी ९ खेलाडीले रिपोर्टिङ गर्न बाँकी रहेको क्यानले जनाएको छ ।
क्यानले गरेको राष्ट्रिय खेलाडीको वर्गीकरण र खेलाडीहरुसंग गरेको सेन्ट्रल करारका बारेमा असन्तुष्टि व्यक्त गरेको भन्दै क्यानले नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाएको थियो भने उहाँहरुसहित वरिष्ठ क्रिकेटर सोमपाल कामी र कमलसिंह ऐरीलाई सेन्ट्रल कन्ट्राक्टमा छ महिना नलिने निर्णय गरेको थियो ।


















