काठमाडौं,४ चैत । एनआईसी एशिया बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् ।
बैंकको शुक्रबार बसेकोे सञ्चालक समितिको बैठकले बैंकका सहायक सीईओ न्यौपानेलाई कामु सीईओमा नियुक्त गरेको हो ।
प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपाने एनआईसी एशियालाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउन अग्रणी भुमिका निर्वाह गरेका थिए ।
बैंकद्वारा जारी विज्ञप्तीमा न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख छ ।
प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपाने एनआईसी एशिया बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानका मुख्य अभियन्ता समेत रहेका थिए ।
बैंकको शुक्रबार बसेकोे सञ्चालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामालाई स्वीकृत गरेको छ ।


















