काठमाडौं, ३१ श्रावण । नेपाली कांग्रेसका नेता केशव कोइरालाको संझना गर्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले विभिन्न जिल्लाा ४८ औं स्मृति दिवस मनाएका छन् ।
बि.स. २०३१ सालमा श्रावणको ३१ गते आज कै दिन पंचायती शासकहरूले नेपाली काँग्रेसका योद्धा केशव कोइरालाको हत्या गरेका थिए। उहाँको घाईते शरीर महोत्तरी जिल्लाको मटिहानीमा मृत अवस्थामा फालिएको थियो। तत्कालिन सरकारले जनायो, प्रहरीसंगको भिडन्तमा मृत्यू भयो।
कोखामा गोली लागेको, माथिको दाँत भाँचिएको, दाहिने हातको छाला तछारिएको अवस्थामा खेतको आलिमा घोप्टो पारेर उहाँको लाश राखिएको थियो। मृतक केशवको परिस्थितिले स्पष्ट देखाउँथ्यो कि प्रहरीले पक्राउ गरेर उहाँको हत्या गर्यो। यो मुठभेड थिएन। त्यसबेला नेपाली काँग्रेसका प्रखर नेताहरूलाई मार्ने यस्तै तरिका पंचायती क्रुर शासकहरूले अपनाउने गरेका थिए।
समाधीस्थल मटिहानीमा सहिद केशब कोइरालाको ४८ औ स्मृति दिवस

नख्खु कारागारबाट सार्ने नाममा लीला, ठगी, गोकर्ण र पेशलको हत्या गरियो। मोरंगको रमाईलो झोरामा नेता देवानसिंह राईको हत्या गरियो, काठमाडौंको नक्सालमा मोटरले किच्याएर योगेन्द्रमान शेरचनको हत्या गरियो, बीरगंज पारी रक्सौलमा तेजबहादुर अमात्यको हत्या गरियो, बिहार मधुबनीमा निर्वासित रहनु भएको सरोज कोइरालाको हत्या गरियो। यी सबका अघि र पछि यसरी कयौं ओजस्वी नेताहरूको हत्या गरियो।
पंचायती व्यवस्थाका त्यस क्रुर कालखण्डलाई आजराष्ट्रवादको स्वर्णयुग भनी त्यसबखतका शासकहरूलाई राष्ट्रवादीको जलप लगाउने काम भइरहेको छ। राष्ट्रवादी होलान्, तर प्रजातान्त्रिक आन्दोलनमा यिनीहरूबाट भएका जघन्य अपराधहरू मेट्न चाहेर पनि मेटिन्न। नयाँ पुस्ताले यसको अध्ययन गर्नु पर्दछ। बि।स। २००७ मा भवनाथ कोइराला र माता लालकुमारीको कोखबाट ओखलढुंगाको पूर्वी गाँउ छहरे कोइराला गाँउमा उहाँको जन्म भएको थियो। पछि उहाँका परिवारजनहरू ओखलढुंगाबाट बसाई सरेर सप्तरी आउनु भएको हो ।
प्रचुर धन सम्पति, नाता कुटुम्ब सबैलाई बिर्सिएर प्रजातान्त्रिक आन्दोलनको मूलधारामा सहभागी हुनु भएका केशव कोइराला नेपाली काँग्रेसको कुशल संगठनकर्ता तथा लोकप्रिय युवा नेता हुनुहुन्थ्यो।
https://www.facebook.com/samita.koirala/posts/5174452162652894
बि.स. २०३१ सालमा साउनको ३१ गते आज कै दिन पंचायती शासकहरूले नेपाली काँग्रेसका योद्धा केशव कोइरालाको हत्या गरेका थिए। उहाँको घाईते शरीर महोत्तरी जिल्लाको मटिहानीमा मृत अवस्थामा फालिएको थियो। तत्कालिन सरकारले जनायो, प्रहरीसंगको भिडन्तमा मृत्यू भयो।
कोखामा गोली लागेको, माथिको दाँत भाँचिएको, दाहिने हातको छाला तछारिएको अवस्थामा खेतको आलिमा घोप्टो पारेर उहाँको लाश राखिएको थियो। मृतक केशवको परिस्थितिले स्पष्ट देखाउँथ्यो कि प्रहरीले पक्राउ गरेर उहाँको हत्या गर्यो। यो मुडभेड थिएन। तेस बेला नेपाली काँग्रेसका प्रखर नेताहरूलाई मार्ने यस्तै तरिका पंचायती क्रुर शासकहरूले अपनाउने गरेका थिए। नख्खु कारागारबाट सार्ने नाममा लिला, ठगी, गोकर्ण र पेशलको हत्या गरियो। मोरंगको रमाईलो झोरामा नेता देवानसिंह राईको हत्या गरियो, काठमांडूको नक्सालमा मोटरले किच्याएर योगेन्द्रमान शेरचनको हत्या गरियो, बीरगंज पारी रक्सौलमा तेज बहादुर अमात्यको हत्या गरियो, बिहार मधुबनीमा निर्वासित रहनु भएको सरोज कोईरालाको हत्या गरियो। यी सबका अघि र पछि यसरी कयौं ओजस्वी नेताहरूको हत्या गरियो।
आज पंचायती व्यवस्थाका तेस क्रुर कालखण्डलाई राष्ट्रवादको स्वर्णयुग भनी तेस बखतका शासकहरूलाई राष्ट्रवादीको जलप लगाउने काम भैरहेको छ। राष्ट्रवादी होलान्, तर प्रजातान्त्रिक आन्दोलनमा यिनीहरूबाट भएका जघन्य अपराधहरू मेटन् चाहेर पनि मेटिन्न्। नयाँ पुस्ताले यसको अध्ययन गर्नु पर्दछ।
बि.स. २००७ मा भवनाथ कोइराला र माता लालकुमारीको कोखबाट ओखलढुंगाको पूर्वी गाँउ छहरे कोइराला गाँउमा उहाँको जन्म भएको थियो। प्रचुर धन सम्पति, नाता कुटुम्ब सबैलाई बिर्सिएर प्रजातान्त्रिक आन्दोलनको मूलधारामा सहभागी हुनु भएका केशव कोईराला नेपाली काँग्रेसको कुशल संगठनकर्ता तथा लोकप्रिय युवा नेता हुनु हुन्थ्यो।
उहाँका परिजनहरू जो ओखलढुंगाबाट बसाई सरेर सप्तरी आउनु भयो, उहाँहरूको सानिध्यमा मैले पनि लामो समय व्यतित गरें।
आज उहाँलाई सादर संझिने दिन हो। उहाँका आत्मालाई सदैव शांति मिलोस्।
(उपरोक्त सामाग्री र चित्र उहाँका भतिज श्री #देबेन्द्रकोईराला जीको फेसबुक वालबाट लिई आवश्यक अंश यहाँ राखेको हुँ।)



















