Prakash Adhikari August 16, 2022

काठमाडौं, ३१ श्रावण । नेपाली कांग्रेसका नेता केशव कोइरालाको संझना गर्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले विभिन्न जिल्लाा ४८ औं स्मृति दिवस मनाएका छन् ।

बि.स. २०३१ सालमा श्रावणको ३१ गते आज कै दिन पंचायती शासकहरूले नेपाली काँग्रेसका योद्धा केशव कोइरालाको हत्या गरेका थिए। उहाँको घाईते शरीर महोत्तरी जिल्लाको मटिहानीमा मृत अवस्थामा फालिएको थियो। तत्कालिन सरकारले जनायो, प्रहरीसंगको भिडन्तमा मृत्यू भयो।

कोखामा गोली लागेको, माथिको दाँत भाँचिएको, दाहिने हातको छाला तछारिएको अवस्थामा खेतको आलिमा घोप्टो पारेर उहाँको लाश राखिएको थियो। मृतक केशवको परिस्थितिले स्पष्ट देखाउँथ्यो कि प्रहरीले पक्राउ गरेर उहाँको हत्या गर्‍यो। यो मुठभेड थिएन। त्यसबेला नेपाली काँग्रेसका प्रखर नेताहरूलाई मार्ने यस्तै तरिका पंचायती क्रुर शासकहरूले अपनाउने गरेका थिए।

समाधीस्थल मटिहानीमा सहिद केशब कोइरालाको ४८ औ स्मृति दिवस

सायद ४ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

नख्खु कारागारबाट सार्ने नाममा लीला, ठगी, गोकर्ण र पेशलको हत्या गरियो। मोरंगको रमाईलो झोरामा नेता देवानसिंह राईको हत्या गरियो, काठमाडौंको नक्सालमा मोटरले किच्याएर योगेन्द्रमान शेरचनको हत्या गरियो, बीरगंज पारी रक्सौलमा तेजबहादुर अमात्यको हत्या गरियो, बिहार मधुबनीमा निर्वासित रहनु भएको सरोज कोइरालाको हत्या गरियो। यी सबका अघि र पछि यसरी कयौं ओजस्वी नेताहरूको हत्या गरियो।

पंचायती व्यवस्थाका त्यस क्रुर कालखण्डलाई आजराष्ट्रवादको स्वर्णयुग भनी त्यसबखतका शासकहरूलाई राष्ट्रवादीको जलप लगाउने काम भइरहेको छ। राष्ट्रवादी होलान्, तर प्रजातान्त्रिक आन्दोलनमा यिनीहरूबाट भएका जघन्य अपराधहरू मेट्न चाहेर पनि मेटिन्न। नयाँ पुस्ताले यसको अध्ययन गर्नु पर्दछ। बि।स। २००७ मा भवनाथ कोइराला र माता लालकुमारीको कोखबाट ओखलढुंगाको पूर्वी गाँउ छहरे कोइराला गाँउमा उहाँको जन्म भएको थियो। पछि उहाँका परिवारजनहरू ओखलढुंगाबाट बसाई सरेर सप्तरी आउनु भएको हो ।

प्रचुर धन सम्पति, नाता कुटुम्ब सबैलाई बिर्सिएर प्रजातान्त्रिक आन्दोलनको मूलधारामा सहभागी हुनु भएका केशव कोइराला नेपाली काँग्रेसको कुशल संगठनकर्ता तथा लोकप्रिय युवा नेता हुनुहुन्थ्यो।


 

https://www.facebook.com/samita.koirala/posts/5174452162652894

बि.स. २०३१ सालमा साउनको ३१ गते आज कै दिन पंचायती शासकहरूले नेपाली काँग्रेसका योद्धा केशव कोइरालाको हत्या गरेका थिए। उहाँको घाईते शरीर महोत्तरी जिल्लाको मटिहानीमा मृत अवस्थामा फालिएको थियो। तत्कालिन सरकारले जनायो, प्रहरीसंगको भिडन्तमा मृत्यू भयो।
कोखामा गोली लागेको, माथिको दाँत भाँचिएको, दाहिने हातको छाला तछारिएको अवस्थामा खेतको आलिमा घोप्टो पारेर उहाँको लाश राखिएको थियो। मृतक केशवको परिस्थितिले स्पष्ट देखाउँथ्यो कि प्रहरीले पक्राउ गरेर उहाँको हत्या गर्यो। यो मुडभेड थिएन। तेस बेला नेपाली काँग्रेसका प्रखर नेताहरूलाई मार्ने यस्तै तरिका पंचायती क्रुर शासकहरूले अपनाउने गरेका थिए। नख्खु कारागारबाट सार्ने नाममा लिला, ठगी, गोकर्ण र पेशलको हत्या गरियो। मोरंगको रमाईलो झोरामा नेता देवानसिंह राईको हत्या गरियो, काठमांडूको नक्सालमा मोटरले किच्याएर योगेन्द्रमान शेरचनको हत्या गरियो, बीरगंज पारी रक्सौलमा तेज बहादुर अमात्यको हत्या गरियो, बिहार मधुबनीमा निर्वासित रहनु भएको सरोज कोईरालाको हत्या गरियो। यी सबका अघि र पछि यसरी कयौं ओजस्वी नेताहरूको हत्या गरियो।

आज पंचायती व्यवस्थाका तेस क्रुर कालखण्डलाई राष्ट्रवादको स्वर्णयुग भनी तेस बखतका शासकहरूलाई राष्ट्रवादीको जलप लगाउने काम भैरहेको छ। राष्ट्रवादी होलान्, तर प्रजातान्त्रिक आन्दोलनमा यिनीहरूबाट भएका जघन्य अपराधहरू मेटन् चाहेर पनि मेटिन्न्। नयाँ पुस्ताले यसको अध्ययन गर्नु पर्दछ।

बि.स. २००७ मा भवनाथ कोइराला र माता लालकुमारीको कोखबाट ओखलढुंगाको पूर्वी गाँउ छहरे कोइराला गाँउमा उहाँको जन्म भएको थियो। प्रचुर धन सम्पति, नाता कुटुम्ब सबैलाई बिर्सिएर प्रजातान्त्रिक आन्दोलनको मूलधारामा सहभागी हुनु भएका केशव कोईराला नेपाली काँग्रेसको कुशल संगठनकर्ता तथा लोकप्रिय युवा नेता हुनु हुन्थ्यो।
उहाँका परिजनहरू जो ओखलढुंगाबाट बसाई सरेर सप्तरी आउनु भयो, उहाँहरूको सानिध्यमा मैले पनि लामो समय व्यतित गरें।

आज उहाँलाई सादर संझिने दिन हो। उहाँका आत्मालाई सदैव शांति मिलोस्।

(उपरोक्त सामाग्री र चित्र उहाँका भतिज श्री #देबेन्द्रकोईराला जीको फेसबुक वालबाट लिई आवश्यक अंश यहाँ राखेको हुँ।)

श्री #चन्द्रमणिगौतम जी को फेसबुक वालबाट शहीद केशव कोईरालाका बारेमा पठनीय थप जानकारी यहाँ राखेको छुः
**२०३१ साउन ३१ गते महोत्तरीको मटिहानीमा तत्कालीन पञ्चायती शासकहरूद्वारा सहिद केशव कोइरालालाई ‘प्रतिबन्धित नेपाली काँग्रेसमा लागेर पञ्चायत ब्यवस्थालाई उल्टाउन हिँडेको र राजकाज अपराध मच्चाएको’ भनी क्रुरतापूर्वक गोली हानी हत्या गरियो । चरम यातना दिईँदा पानी माग्दा उल्टै बन्दुकको नाल मुखमा कोची छाती र मुखमा बुट बजार्दै हत्या गरियो ।
केशव कोइराला २०२१ सालतिर छात्र संघको सदस्य बनेर लोकतान्त्रिक आन्दोलनमा सक्रिय रुपले लाग्नुभयो । यसको लागि राजनीतिक कार्यक्षेत्रको रूपमा ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली, जनकपुर र महोत्तरीलाई छान्नुभएको थियो । संगठन निर्माण गर्दै जाने क्रममा जनकपुरमा सरोजप्रसाद कोइराला, बोधप्रसाद उपाध्याय, महेन्द्रनारायण निधिसँग उहाँको घनिष्ठ सम्बन्ध भयो । तरुण दलमा सक्रिय रहँदा उहाँ बीपी कोइरालाको सम्पर्कमा पुग्नुभयो ।
२०२७ पुस १ गते पञ्चायतको बिरुद्ध केशब लगायतका प्रजातन्त्र सेनानीहरू आन्दोलन चर्काउने रणनीति र गतिविधिको खाका तयार गर्दै रहँदा उहाँलगायत धेरै युवाहरूलाई गिरफ्तार गरी राजकाजसम्बन्धी मुद्दा लगाई जेल चलान गरियो । जलेश्वर हुँदै काठमाडौं चलान गरी केन्द्रीय कारागारमा एक वर्षसम्म थुनियो । जेलबाट निस्केपछि उहाँले आफ्नै कार्यक्षेत्रमा संगठन विस्तार गर्दै तत्कालीन राज्यसत्ता विरुद्ध सशस्त्र आन्दोलनका लागि फौजी दस्ता तयार गर्न थाल्नुभयो ।
घरमा सुत्केरी श्रीमती र भर्खर जन्मेकी छोरीलाई हेर्ने इच्छा पनि दबाएर उहाँ आफ्नो लक्ष्यमा समर्पित हुनुभएको थियो । नेता सरोजप्रसाद कोइरालाको हत्या भएपछि केशव कोइरालामा झन् विद्रोहको भावना पैदा भयो र पञ्चायतविरुद्ध ठूलो जनमत तयार गर्ने अभियानमा जुट्नुभयो । बीपी कोइराला र गिरिजाप्रसाद कोइरालालाई भेटी नेपालमा सशस्त्र संघर्ष गर्ने अठोटका साथ हातहतियारसहित भारतीय सीमावर्ति मटिहानीतिर लाग्नुभयो ।
संगठित दस्ता निर्माण गर्ने र सशस्त्र संघर्षको वातावरण बनाउने तयारी गर्दै रहँदा मटिहानीको प्रहरी चौकी उहाँहरूको लागि बाधक बनेको निष्कर्षका साथ २०३१ साउन ३१ गते मध्यरातमा उहाँको नेतृत्वमा प्रजातान्त्रिक योद्धाहरूले आक्रमण गरे । त्यो भिडन्तमा उहाँ प्रहरीको निसाना बन्नुभयो । त्यहीं सहादत प्राप्त गर्नुभयो ।
रातमाटे १, ओखलढुङ्गामा २००७ असार ३१ गते पिता पं. भवनाथ र माता लालकुमारी कोइरालाबाट केशव कोइरालाको जन्म भएको थियो । उहाँ सानैदेखि जुझारु र लगनशील हुनुहुन्थ्यो । उहाँ साहित्यमा पनि कलम चलाउनुहुन्थ्यो भन्ने यथार्थ उहाँको डायरीमा ‘के काइदा’ उपनामले लेखिएका कविताहरूबाट थाहा हुन्छ ।

 

Share Now

Leave a comment.