Prakash Adhikari December 15, 2022

काठमाडौं, २९ मसिर । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतपरिणाम प्रतिवेदन बुझाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन बुझाउनुभएकोे हो।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो।

आयोगले बुधबार समानुपातिकतर्फको सांसद निर्वाचित भएको घोषणा गरेको थियो।

बिहीबार नै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई निर्वाचन प्रतिवेदन बुझाएको थियो।

Share Now

Leave a comment.