ब्यूनस आयर्स(अर्जेन्टिना), ५ पौष ( एजेन्सी) । अर्जेन्टिनाले २२औं विश्वकप विजेता टोलीको भब्य स्वागत गरेको छ ।
कतारमा आइतबार राति सम्पन्न फिफा विश्वकप च्याम्पियन बनेर मंगलबार स्वदेश फर्किएको अर्जेन्टिनी टोलीलाई राजधानी ब्यूनस आयर्समा लाखौं समर्थकले सडकमा ओर्लिएर भब्य स्वागत गरेका हुन् ।
विश्वकप उपाधि जितेको खुशीयाली मनाउन अर्जेन्टिनी सरकारले मंगलबार सार्वजनिक विदा समेत दिएको थियो ।
रोमाञ्चक र नाटकीय फाइनल खेलमा लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनी टिमले साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै उपाधि चुमेको थियो ।
अर्जेन्टिनाले विश्वकप उपाधि जितेको यो तेस्रो पटक हो । विश्वकपको उक्त फाइनल खेललाई हालसम्मकै सनसनीपूर्ण र उत्कृष्ट भएको बताईएको छ ।


















