Prakash Adhikari January 1, 2023

काठमाडौं, १७ पौष । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूलाई मर्जरमा जानका लागि अन्तिम स्वीकृती दिएको छ ।

शुक्रबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम स्वीकृती दिएको हो ।

दुवै बैंकले मर्जरमा जाने प्रस्ताव साधारणसभा बाट पारित गरिसकेका छन् । स्रोतका अनुसार दुवै बैंकले २५ पौषदेखि एकीकृत कारोबार गर्ने गरी आन्तरिक तयारी गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले एकीकृत कारोबार गर्नका लागि १ महिनाको समय दिएको छ । २५ गतेबाट एकीकृत कारोबार हुने सम्भावना बलियो रहेको स्रोतको भनाइ छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच १ः१ को शेयर अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ ।

मर्जरपश्चात् बन्ने नयाँ बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुनेछन् । सञ्चालकमा ग्लोबलबाट ढकालसहि सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ ।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

Share Now

Leave a comment.