कीर्तिपुर(काठमाडौं), २६ पौष । नेपाल टी २० अन्तरगत आज भएका दोस्रो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै विराटनगर सुपर किंग्स फाइनल प्रवेश गरेको छ ।
जनकपुरलाई विराटनगरले ३९ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयके क्रिकेट खेल मैदानमा पहिले टस जितेर ब्याटिड. सम्हालेको विराटनगर सुपर किंग्सले २० ओभरको निर्धारित खेलमा १ सय ६७ रन बनाएका थियो । १ सय ६८ रनको लक्ष्य पाएको जनकपुरले २० ओभरको खेल जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनायो।
जनकपुरको लागि चाडविक वाल्टनले ५१ , ट्रेभान ग्रिफिथले ३४,खडक बोहोराले १४, सन्दीप जोराले ९, शफरुद्दिन अशरफ र सोमपाल कामीले ४।४, पवन शर्राफ र राजेश पुलामीले २ । २ र शमि उल्लाह शिनवारीले १ रन बनाए ।
जनकपुरलाई रोक्न विराटनगरका राज नानन र कियोन जोसेफले ३ ३ नन्दन यादवले २ र सूर्य तामाङले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
विराटनगरका लागि गौरान्शु शर्माले ४२ रन, अर्जुन साउदले ३५ रन, राज नाननले ३३ रन, हुसेन तलतले ३१ रन,विवेक यादव र अमर राउटेलाले ६।६, पृथु बास्कोटाले २ र रोहित पौडेलले १ रन बनाएका थिए ।
विराटनगरलाई रोक्नका लागि जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी, सफरुद्दिन अशरफ,ललितनारायण राजवंशी र शमि उल्लाह शिनवारीले समान १ । १ विकेट लिए ।
यस खेलमा विजय हासिल गरेसंग विराटनगरे फाइनलमा स्थान बनाएको छ । जनकपुर पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।
आईतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
यस लिगको विजेताले ५५ लाख पाउने छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइटस्,पोखरा एभेञ्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी रहेका थिए ।


















