Prakash Adhikari January 17, 2023

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद् विस्तार भएको छ । सत्ता साझेदार दलहरुसंगको सममतिमा मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

विस्तारित मन्त्रिमण्डलमा थपिनुभएका राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री एवम ऊर्जा र जलस्रोत मन्त्रीको शपथ लिनुभएको छ ।

विस्तारित मन्त्रिमण्डलमा माओवादीबाट चार मन्त्री थपिएका छन् । माओवादीकी रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्री हुनुभएको छ भने अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री  ।

यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री हुुनुभएको छ भने सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री हुनुभएको छ । माओवादीबाट नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बनेर मन्त्रालय सम्हालि सक्नुभएको छ ।

विस्तारित मन्त्रिमण्डलमा नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त हुनुभएको छ । पौडेलले  परराष्ट्र मन्त्रालय पाउनुभएको छ भने गिरी स्वास्थ्य मन्त्री हुनुभएको छ ।

राप्रपाबाट  सहरी विकास मन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुन मन्त्रीमा ध्रुवबहादुर प्रधान नियुक्त हुनुभएको छ । राप्रपाबाटै दीपक सिंह ऊर्जा राज्यमन्त्री बन्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल श्रम मन्त्री र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त हुनुभएको छ । डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्नुभएको छ ।

राष्ट्यि स्वतन्त्र पार्टीबाट अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृह मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ  ।

Share Now

Leave a comment.