काठमाडौं, ६ माघ । शुक्रबार नेपालको पश्चिमी क्षेत्रमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको हो।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका पनि उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
यस्तै राति (साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म) पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका पनि उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ ,” सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना तथा तराईका भूभागमा बिहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।”
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मिति: २०७९/१०/०६ गते बिहान ०६ː०० बजे
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। साथै मध्य तथा पुर्वी तराईका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ ।
२०७९ माघ ६ गते (शुक्रबार)
दिउँसोː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीː देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७९ माघ ७ गते (शनिबार)
दिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीː प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ माघ ८ गते (आइतबार)
दिउँसोː प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीː प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours):
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू-भागहरूमा विहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।
नोट ː हुस्सु/कुहिरो सम्बन्धि थप जानकारीको लागि हरेक बिहान ९:३० बजे मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने हुस्सु/कुहिरो/शितलहर बुलेटिन हेर्नु हुन समेत अनुरोध छ।


















