काठमाडौं, १९ माघ । लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सले लाभांश र मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएका छन् ।
कम्पनीहरुले फागुन ११ गते एकैदिन साधारणसभा बोलाएका हुन् ।
लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुने छ ।
सगरमाथा इन्स्योरेन्सको साधारणसभा लैनचौर बैङ्क्वेट, लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुनेछ ।
लुम्बिनी जनरलको साधारणसभाले हाल कायम रहेको चुक्ता पुँजीको ६.९९ प्रतिशतले हुन आउने बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । मर्जर पश्चात बन्ने कम्पनीको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम गर्ने तथा नयाँ बन्ने कम्पनीको दर्ता नम्बर लगायतका प्रस्ताव पारित हुनेछन् ।
यस्तै, सगरमाथा इन्स्योरेन्सको सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १२.४० प्रतिशतले बोनस र कर प्रयोजनको लागि ०.६५२६ प्रतिशतले नगद लाभांश पारित गर्नेछ ।
दुई कम्पनी एक आपसमा गाभिए पश्चात डीडीए मूल्यांकन प्रतिवेदनको आधारमा कायम हुन आएको सगरमाथाको १०० कित्ता बराबर लुम्बिनी जनरलको ८० कित्ता कायम हुने गरी स्वाप रेसियोलाई दुवै कम्पनीको साधारणसभाले स्वीकृत समेत गर्नेछन् ।
दुुवै साधारण सभाबाट सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच भएको मर्जरसम्बन्धी अन्तिम सम्झौता अनुमोदन हुनेछन् ।
साधारणसभा तथा लाभांश प्रयोजनको कम्पनीहरुले माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यस अनुसार माघ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
मर्जर प्रक्रियामा रहेका यी कम्पनीहरुले माघ १७ गते एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए ।
मर्जर पश्चात बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १ सय ९५ रुपैयाँ पुग्ने छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरलबाट मनोहरदास मूल र प्रमुख कार्यकारी अधिकृतमा भने सगरमाथाका हालका प्रमुख कार्यकारी अधिकृत(सीइओ) चंकी क्षेत्री रहनेछन्


















