Prakash Adhikari February 2, 2023

 

बनेपा (काभ्रेपलाञ्चोक), १९ माघ  । काभ्रेपलाञ्चोकको बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नमोबुद्व ७ स्थित २० किलोमा बा २ ख ७३४२ नम्बरको बसले आठ वर्षीया बालिका दिबिसा अधिकारीलाई ठक्कर दिएको हो।

प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख एसपी चक्रराज जोशीका अनुसार बालिकाको घटनास्थलमै मृत्यु भएको हो। एसपी जोशीका अनुसार आक्रोशित स्थानीयले बालिकालाई ठक्कर दिने बसमा आगजानी गरेका छन्। स्थिति नियन्त्रणमा लिएर प्रहरीले बसमा लागेको आगो निभाएको छ।

स्थानीयको आक्रोशित भीडले बालिकाको शव उठाउन दिएका छैनन्। स्थानीयसँग समन्वय गरेर स्थानीयको आक्रोश साम्य पर्ने काम भइरहेको एसपी जोशीको भनाइ छ।

 

Share Now

Leave a comment.