काठमाडौं, २८ माघ । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनबाट निमनाथ फुयालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
काठमाडौंमा शुक्रबार राति सकिएको अधिवेशनले फुयालको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभएको थियो ।
कार्यसमितिमा निवर्तमान अध्यक्ष हरिप्रसाद भण्डारी पदेन सदस्य रहनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा विजेन्द्रविक्रम शाह, प्रथम उपाध्यक्षमा मेखबहादुर अधिकारी, द्वितीय उपाध्यक्षमा केशवराज खनाल रहनुभएको छ ।
यसैगरी महासचिवमा प्रकाश श्रेष्ठ पुनः चयन हुनुभएको छ । उपमहासचिवमा गोपाल खेतान र सचिवमा गंगाबहादुर अधिकारी छानिनुभएको छ भने कोषाध्यक्षमा गणेशप्रसाद अधिकारी र सहकोषाध्यक्षमा सुरेशकुमार भट्टराई सर्वसम्मत चयन हुनुभएको छ ।
सदस्यहरुमा प्रदीपकुमार घिमिरे, राजेन्द्र महर्जन, राकेश मेहता, उपेन्द्र अधिकारी, पंकज अग्रवाल, आशिषराज श्रेष्ठ, कमल नेपाल, दीलिपकुमार गुप्ता, कृष्णराज ढुंगाना, रंञ्जितकुमार अग्रवाल, पुरुषोत्तम अधिकारी र शिबराज लामिछाने चयन हुनुभएको छ ।
२०४७ सालमा स्थापना भएको नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत संघ अन्तर्गत रहेको संस्था हो ।
नव निर्वाचित अध्यक्ष फुयालले अहिले पनि सरकारले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको बताउँदै आफ्नो नेतृत्वको कार्यसमितिले सरकारसँग मसलन्द उद्योगहरुबाट उत्पादित सामग्रीहरु नै प्रयोग गर्नका लागि नीतिगत पहल गर्ने बताउनुभयो ।
यसैगरी महासचिव श्रेष्ठले संस्थाले व्यवसायीका माग पूरा गराउनुका साथै सरकारको आर्थिक समृद्धिको नारालाई साकार बनाउन पहल गर्ने बताउनुभयो ।


















