Prakash Adhikari February 12, 2023

काठमाडौँ, २९ माघ। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुन्छ ।

बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको राजनीतिक अवस्था, आसन्न राष्ट्रपति निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

Share Now

Leave a comment.