Prakash Adhikari February 13, 2023

 

काठमाडौं, १ फागुन । अमेरिकाकी उपसहायक विदेश मन्त्री अफरिन अख्तर नेपाल भ्रमणमा आउनुभएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उपसहायक विदेशमन्त्री सोमबार अपरान्ह काठमाडौं आइपुग्नुभएको हो ।

भ्रमणका क्रममा उपसहायक मन्त्री अख्तरले काठमाडौंमा इसिमोड तथा ऊर्जा नेपालका साझेदारहरूसँगै नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुहुने बताइएको छ ।

भेटमा उहाँले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्नुहुने दूतावासले जानकारी दिएको छ।

Share Now

Leave a comment.