कीर्तिपुर(काठमाडौँ), ३ फागुन । स्कटल्यान्डले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को शीर्ष स्थान सुनिश्चित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी लिग २ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियालाई १० विकेटले पराजित गरेपछि स्कटल्यान्डले अंक तालिकाको शीर्ष स्थान सुनिश्चित गरेको हो ।
लिग २ को शीर्ष ३ मा स्थान सुरक्षित गरिसकेको स्कटल्यान्डले ३३ खेलबाट ४८ अंक जोडेको छ । उसले ३ खेलमात्र खेल्न बाँकी छ । यता ३६ वटै खेल खेलेको ओमानको ४४ अंक, ३२ खेल खेलेको नामिबियाको ३७, ३६ खेल खेलेको अमेरिकाको ३५ अंक, २६ खेल खेलेको युएईको २७ अंक, २५ खेल खेलेको नेपालको २० तथा २८ खेल खेलेको पपुवा न्युगिनीको ५ अक छ ।
बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले फिल्डिड. रोजेको स्कटल्यान्डले १ सय ५४ रनको लक्ष्य २२ ओभर १ बलमा १ सय ६७ बल बाँकी छँदै पूरा गरेको थियो । स्कटल्यान्डका लागि जर्ज मुन्सीले १ सय ३ रन तथा कायल कोएट्जरले ४६ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५३ रनमात्र जोड्न सक्यो । नामिबियाका लागि लोहान्द्रे लोउरेन्सले सर्वाधिक ५४ ,बर्नार्ड सोल्जले ३०, जाने ग्रिनले २५, पिक्की या फ्रान्सले ११,रुवेन ट्रपलम्यानले ६,कार्ल ब्रिकनस्टक र माइकल भ्यान लिड.गेनले ४। ४, तथा तांगेनी लुंगामेनी र बेन शिकांगोले १।१ रनको योगदान दिएका थिए ।
नामिबियालाई रोक्ने क्रममा स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४ तथा साफयान शरिफ र मार्क वाट्टले समान ३ ।३ विकेट लिएका थिए ।
यसअघि मंगलबार पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको थियो ।


















