दुबाई(यूएई), १५ फागुन । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तरगत पपुवा न्यु गिनीसँगको खेलमा नेपालले जितका लागि २ सय ४ रनको लक्ष्य पाएको छ।
दुवईको इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३ रनको योगफल तयार पारेको थियो।
पीएनजीको लागि आसद भाला र चाड सुपरले ३६। ३६, सेसे बौ ३१, किप्लिड. डोरिगा २९, नर्मल भानुले २५, हिरिहिरीले १०, रैली हेकुरेले ७, चाल्र्स अमिनीले ६, टोनी उराले २ र अलेई नावले १ रनको योगदान गरेका थिए ।
पीएनजीलाई रोक्ने क्रममा नेपालका गुलसन झा एक्लैले ३ विकेट लिए भने कुशल मल्लले २ विकेट झारे। सोमपाल कामी, करण केसी र प्रतिश जिसीको नाममा एक एक विकेट रह्यो।
अहिले नेपालको व्याटिड. चलिरहेको छ नेपालले १२ औं ओभरमा ६८ रन जोडेको छ ।


















