Prakash Adhikari March 5, 2023

चिसंखुगढी(ओखलढुङ्गा)। ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चिसंखुगढी–३ घर भएका ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठ रहेका छन् ।

चिसंखुगढी गाउँपालिका ३ चापाकोटबाट जिल्ला सदरमुकाम तर्फ जाँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप आईतबार विहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा तीर्थलक्ष्मी थापा, शर्मिला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ , केन्द्र कार्की, चालक सुमन कार्की लगायत छन् । गम्भीर घाईते सबैलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।

बोलेरोमा १३ सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बोलेरो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घाईते अधिकांशको टाउकोमा चोट लागेको छ।

जिप सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।

Share Now

Leave a comment.