Prakash Adhikari April 18, 2023

काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कपको समुद्घाटन खेल नेपाल र मलेशियाबीच हुँदैछ । प्रतियोगिताको पहिलो खेल बिहान ९ बजे टियु मैदान सुरु हुनेछ । १० राष्ट्रको सहभागिता रहने यस प्रतियोगिताकोे विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नै मौका पाउँनेछ ।

एसीसी प्रिमियम कप प्रतियोगितामा नेपालको कप्तानी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल र मलेसियाको कप्तानी अहमद फैजले गर्नेछन् । नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी र ललित राजवंशी रहेका छन ।

Image

त्यस्तै मलेशियाका अन्य खेलाडीहरुमा विरनदीप सिंह, सैद अजिज, शर्विन मुनाआन्दडी, अमिर अजिम, फ्रिती साम, खिजर हायत, रिजवान, विजय उन्नी, अनवार रहमान, नाजरिल रहमान, मोहम्मद आजम, वाफिक इफरान र मोहम्मद स्याहदत रहेका छन् ।

आइसीसी विश्वकप लिग–२ मा पछिल्ला १२ मध्य ११ खेल जिताउने टोलीलाई नै नेपालले एसीसी प्रिमियर कप प्रतियोगितामा उतारेको हो ।

नेपालले आईसीसी लिग २ का पछिल्ला खेलमा .उत्कृष्ट प्रदर्शन गरेको हुँदा उच्च मनोबलसाथ खेलाडीहरु मैदानमा उत्रिने छन् । घरेलु मैदान, दर्शक, खेलाडीहरुकोे तन्दुरस्ती र उत्कृष्ट ब्याटिङक्रमलाई निरन्तरता दिँदै नेपालले आज मलेसियाविरुद्ध सहज जित निकाल्ने रणनीति बनाएको छ ।

मुख्य प्रशिक्षक मोन्टि देशाईको आगमनपछि ब्याटिड.मा चमत्कारिक सुधार भएको नेपाली क्रिकेट टोलीको लक्ष्य उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्ने रहेको छ ।

Image

प्रतियोगिता समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।

समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीमा हुनेछ ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । आज मुलपानी क्रिकेट मैदानमा हङकङले सिंगापुरसँग खेल्नेछ । यो खेलसँगै माथिल्लो मुलपानी मैदानले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ ।

२०१२ यता नेपालले मलेसियासँग ५० ओभरको ५ खेल खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ । नेपालले पछिल्लो पटक मलेसियासँग ५० ओभरको खेल २०१८ मा खेलेको थियो । उक्त खेलमा नेपाल १९ रनले विजयी भएको थियो । टि २० आई खेल भने नेपालले त्रिकोणात्मक आई सिरिजमा २०२१ र २०२२ मा समान दुई खेल घरेलु मैदान टियुमा खेलेको थियो । जसमा सबै खेलमा नेपाल विजयी भएको थियो ।

आजको खेलमा टिकटको मुख्य २ सय रुपैयाँ राखिएको छ । माइ पेबाट खरिद गर्दा १ सय ५० रुपैयाँमा प्राप्त गर्न सकिनेछ । खेललाई लाइभ कान्तिपुर टेलिभिजन र ओएसआर युटुब बाट हेर्न सकिनेछ ।(स्रोतः हाम्रो खेलकुद)

 

Share Now

Leave a comment.