देउखुरी (दाड.), १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सभाबाट विश्वासको मत हासिल गर्नुभएको छ।
वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चौधरीले आज विश्वासको मत लिनुभएको हो।
प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णायार्थ पेश गरी मतविभाजन गर्दा चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको थियो।
कांग्रेसका तर्फबाट मुख्यमन्त्री हुनुभएका चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिनुभएको थियो ।
एमालेका २९ सांसदले भने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।


















