Prakash Adhikari May 6, 2023

काठमाडौं, २३ वैशाख । सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, र जनता समाजवादी पार्टीलगायत सत्तारुढ गठबन्धनले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भन्नुभयो, “प्रधानमन्त्रीले अब फेरि विश्वासको मत लिनुपर्ने कानुन छैन, आजको बैठकमा भोलिदेखि चल्ने संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।”

अहिलेको बजेट र नीति तथा कार्यक्रममा के कुरालाई प्राथमिकता दिने भनेर प्रधानमन्त्रीले बैठकमा सुझाव माग्नुभएको सचेतक पाण्डेको भनाइ छ । बैठकमा संसदीय समिति, प्रधानन्यायाधीश नियुक्ति, नागरिकता लगायतको विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । बैठकमा अधिवक्तासँग पनि प्रधानमन्त्रीले सुझाव लिनुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने चर्चा चलिरहेका सन्दर्भमा गठबन्धनको बैठकले विश्वास मत लिनु नपर्नेमा निष्कर्ष निकालेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा समेत छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी हुनुभएको थियो । यस्तैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी हुनुहुन्छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता हुनुभएको थियो ।

जीवनमा यही एक पटक उहाँले ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरिनुभयो ।

यो राजमुकुट पहिरिने राजा चार्ल्स तृतीय सातौँ शासक हुनुहुन्छ।

यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिनुभएको थियो।

उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले राज्याभिषेकमा पहिरिनुभएको थियो ।

रानी कमिला
तस्बिर स्रोत,च्भ्ग्त्भ्च्क्
सोही समारोहमा आर्चविशपले रानी कमिलालाई ‘क्वीन मेरीज् क्राउन’ पहिर्‍याइदिनुभयो।

उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो।

राजा चार्ल्स
तस्बिर स्रोत,एब्
विशेष समारोह
लन्डन
तस्बिर स्रोत,च्भ्ग्त्भ्च्क्
वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चार्ल्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिनुभयो।

समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए जहाँ बाइबलको एक अंश वाचन गर्ने प्रधानमन्त्री ऋषि सुनक हिन्दू हुनुहुन्छ।

समारोहको बीचबीचमा राजाले नै रोजेका सङ्गीत बजेका थिए जसमा नयाँ बनाइएका १२ वटा धुन समावेश थिए।

पत्नी रानी कमिलाका साथ राजा बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो।

राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए।

वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि राजा र रानी पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ फर्किए।

बाल्कोनीबाट अभिवादन
राजपरिवार
तस्बिर स्रोत,च्भ्ग्त्भ्च्क्
राजा(रानी शाही परिवारका वरिष्ठ सदस्यहरूसहित बकिङ्घम दरबारको बाल्कोनीमा उभिएर सडकमा जम्मा भएका हजारौँ मानिसहरूलाई हात हल्लाउनुभएको थियो।

बाल्कोनीमा प्रिन्स र प्रिन्सेस अफ वेल्स तथा उनीहरूका छोराछोरी उपस्थित हुनुहुन्थ्यो । राजकुमारी एन र राजुकुमार एडवार्ड समेत त्यहाँ उपस्थित भए तापनि राजकुमार ह्यारी भने देखिनुभएन।

सीएनएनका अनुसार बाल्कोनीमा परिवारसाथ उपस्थित हुनका लागि ह्यारीले निम्तो पाउनुभएन।

लन्डन
तस्बिर स्रोत,च्भ्ग्त्भ्च्क्
ड्युक अफ ससिक्सकी श्रीमती मेगन र उनका दुई सन्तान राज्याभिषेक समारोहका लागि यूके नै आउनुभएको थिएन।

राज्याभिषेककै दिन ह्यारीका छोरा आर्चीको चौथो जन्मदिन परेको छ।

दरबारअगाडि भेला भएका मानिसहरूलाई अभिवादन गर्ने क्रममा फ्लाई पास्टको आयोजना समेत गरिएको थियो।

सन् १९०२ मा राजा एड्वर्ड सप्तमको पालादेखि द मलमा रहेका मानिसहरूलाई त्यसरी अभिवादन गर्ने परम्परा छ।

राजा चार्ल्स

राज्याभिषेक
तस्बिर स्रोत,एब्
संसारभरका पाहुना
राज्याभिषेकको भव्य शाही समारोह संसारभरिबाट निम्त्याइएका अतिथिहरू सहभागी छन्।

लन्डन
तस्बिर स्रोत,भ्एब्(भ्ँभ्रच्भ्ह्रक्ज्ग्त्त्भ्च्क्त्इऋप्
विश्वनेता र राजपरिवारका सदस्यहरूसहित दुई हजारभन्दा धेरैलाई राज्याभिषेक समारोहका लागि निम्त्याइएको थियो। मनोरञ्जन जगत्‌का व्यक्तिहरू समेत अतिथिका रूपमा सहभागी भए।

यूकेका प्रधानमन्त्री ऋषि सुनक र देशका सातजना पूर्वप्रधानमन्त्रीहरू राज्याभिषेक समारोहमा सहभागी हुनुहुन्छ ।

लण्डन
तस्बिर स्रोत,एब्
यूकेका प्रधानमन्त्री ऋषि सुनकले शनिवारको दिन ूअभूतपूर्व राष्ट्रिय गौरवको क्षणू भएको र ूहाम्रो देशको आधुनिक चरित्रको जीवन्त प्रदर्शनू भएको बताउनुभएको छ।

उहाँले ट्वीटमार्फत् भन्नुभएकोे छ ूकुनै अर्को देशले यस्तो चमकदार प्रस्तुति गर्न सक्दैन। तर यो प्रदर्शनी मात्र होइन। यो हाम्रो इतिहास, संस्कृति र परम्पराको गौरवपूर्ण अभिव्यक्ति हो।ू

वेस्टमिन्स्टर एबीमा अतिथिहरू आउने क्रम सुरु भएको छ
तस्बिर स्रोत,च्भ्ग्त्भ्च्क्
तस्बिरको क्याप्शन,
वेस्टमिन्स्टर एबीमा अतिथिहरू आउने क्रम सुरु भएको छ

योजनाबद्ध रूपमा तय गरिएको सप्ताहान्तका विशेष कार्यक्रमहरूमा सडक पार्टीहरू र आइतवार विन्डसर कासलमा हुने कन्सर्ट समेत समावेश छ।

सोमवार देशव्यापी रूपमा स्वयंसेवी कार्यक्रमहरू हुँदैछन्।

बेलायतमा शनिवारको समारोहबीच राजतन्त्रविरोधी समूहहरूले विरोध प्रदर्शनहरू समेत गरेका थिए।

 

Share Now

Leave a comment.