Prakash Adhikari April 23, 2018

 

काठमाडौं, १० बैशाख । चलचित्र ‘ह्यापी डेज’को प्रचारमा निर्माताले नयाँ शैली अपनाएका छन् । बैशाख १४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘ह्याप्पी डेज’ को प्रचारमा नायक दयाहाड. राई र नायिका प्रियंका कार्कीलाई आज बैशाख १० गते काठमाडौं र ललितपुरका मुख्य स्थानमा रथ यात्रा गराईदैछ ।

गीत, संगीत र ट्रेलरले चर्चामा रहेको यो फिल्मको थप हाइप सृजना गर्न कलाकारसहितको टोलीलाई ललितपुर र काठमाडौँको विभिन्न स्थानमा रथ चढाएर घुमाइने निर्देशक मिलन चाम्सले बताएका छन् ।

१० गते, सोमबार विहान १० बजे लगनखेलबाट सुरु हुने रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर पत्रकार भेटघाट कार्यक्रमका लागि स्थगित हुनेछ ।

न्यसपछि पुनः रथ यात्रा सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर टुंगिने छ ।

फिल्मप्रति दर्शकमा कौतुहलता सृजना गर्न पछिल्लो समय नयाँ तरिकाको प्रचार शैली अपनाइदै गर्दा ‘ह्याप्पी डेज’ को रथ यात्राले दर्शकमा सकारात्मक सन्देश प्रवाह गर्ने निर्माता पक्षको विश्वास रहेको छ ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित ‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।

साढे २ करोडको बजेटमा निर्माण भएको फिल्ममा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा। अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।

Share Now

Leave a comment.