काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसको महासमितिको बैठकमा सहभागी हुन आउनुभएका प्रतिनिधिहरुलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् १४ औं महाधिवेशनका सभापति पदका प्रत्यासी डा. शेखर कोइरालाले चियापान कार्यक्रम आयोजना गर्नुभएको छ ।
चियापान कार्यक्रम दिउँसो १ बजे बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा राखिएको छ ।
चियापान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, संघीय संसदका माननीय सांसदहरु र नेपाली कांंग्रेसको महासमितिका सदस्यहरु र पार्टीका भातृसंगठनका पदाधिकारीहरुलाई आमन्त्रण गरिएको छ ।
चियापान कार्यक्रममा महासमितिको बैठकमा आफ्नो विचार समूहले राख्ने विषयवस्तुको बारेमा पनि संक्षिप्त छलफल हुने बताइएको छ ।
आयोजक पक्षले कार्यकर्ता र नेताहरुबीचको सम्बन्ध सुमधुर बनाउनै आत्मियता अभिबृद्धि गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिएको छ ।


















