कीर्तिपुर(काठमाडौं), १९ बैशाख । नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ संगको टी २० श्रृखलाको तेस्रो खेलमा टस हारेर फिल्डि.को निम्तो पाएको नेपालको बलिड. निकै फितलो देखिएको छ ।
अहिले खेल १३ औ ओभरमा चलिरहेको छ । नेपालले हालसम्म वेष्ट इण्डिजको १ विकेट गिराएको छ त्यो पनि रन आउटबाट । नेपालले ओपनर उपकप्तान एलिक अथाञ्जेको विकेट लिएको हो । १३ औं भरसम्म नेपाली खेलाडीहरु आफ्नै घरेलु मैदानमा किन गरुड छायामा परेको सर्प जस्तो गतिहिन भए बुझ्न कठिन छ ।
उता वेष्ट इण्डिजले भने हरेक ओभर चौका र छक्काले रंगीन बनाएको छ । यो हिसाबले रन जोड्ने हो भने उसले सजिले दुईसय रन कटाउने देखिन्छ ।
े१३ औं ओभरको अन्त्यमा उसले १ विकेटको क्षतिमा १ सय ४१ रन जोडेको छ ।
आजको खेलमा नेपालका प्रशिक्षक मोन्टी देसाईंले नेपालको कप्तानी नै परिवर्तन गरिदिएका छन् । नियमित कप्तान रोहित पौडेललाई बिश्राम दिएर उनले आजको कप्तानी दीपेन्द्र सिंह ऐरीलाई दिएका छन् ।
नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । कप्तान रोहित सँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द जगेडा खेलाडीका रुपमा बेन्चमा छन् । करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी प्लेइड. ११ मा छन् ।
वेस्ट इन्डिजले पेस बलर ओसेन थोमस बाहिर राख्दै अलराउन्डर फाबियन एलनलाई टोलीमा राखेको छ ।
५ खेलको नेपाल श्रृखलामा दुवै टोलीले एक एक खेल जितेका छन् । शनिबार भएको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शतकीय योगदानमा नेपालले पहिलो खेल जितेको थियो ।
दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।
आजको खेलमा नेपाली टोली अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी रहेका छन् ।
वेस्ट इन्डिज ‘ए’ टोलीका तर्फबाट रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्सले खेल्दै छन् ।


















