Prakash Adhikari May 21, 2024

पछिल्लो समय जलवायु परिवर्तनको प्रभावको चर्चा विश्वस्तरमा नै चुलिँदै गइरहेको छ । यसको प्रभावका कारण हिमालको हिउँ पग्लिरहेको र कालान्तरमा हाम्रो हिमालको नै कुनै अस्तित्व नरहलाका भन्ने चिन्ताको विषय पनि बनेको छ । हिमाली क्षेत्रका प्रभावको मुद्दा विश्व समुदायमा स्थापित गराउने लक्ष्य साथ भोलि र पर्सि काठमाडौँमा पर्वत, मानव र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सुरु हुँदैछ । मुख्यगरी पर्वतीय क्षेत्रसँग सम्बन्धित विषयमा केन्द्रित रहेर छलफल सुरु हुनेछ ।

 

नेपालले जलवायु परिवर्तनको असरको कारणले पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परिरहेको नकारात्मक असरहरुका बारेमा सन् २००९ देखि नै जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायतका अन्तर्राष्ट्रिय मञ्चहरुमा आवाज उठाउँदै आइरहेको छ । प्रस्तुत छ, भोलिदेखि सुरु हुने अन्तर्राष्ट्रिय संवादमा उठाउन लागेको एजेन्डा तथा संवादले दिने सन्देशको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जलवायु तथा वातावरण सल्लाहकार डा पपुलर जेण्टल भुसालसँग राससकर्मी प्रगति ढकालले गरेको कुराकानीको अंश ः

 

भोलिदेखि सुरु हुने अन्तर्राष्ट्रिय पर्वतीय संवादले के कस्तो सन्देश दिने अपेक्षा गर्नुभएको छ ? Pop

– जलवायु परिवर्तनका कारण बढी असर हिमाली क्षेत्रमा परेको छ । हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा प्रभाव परको छ । हिमाली क्षेत्रमा वसोवास गर्ने समुदायको जीविकोपार्जन र उनीहरुको संस्कृतिमा पनि असर गरिरको छ । हिमाली क्षेत्रले दिएको विभिन्न सेवाहरुमा असर पुगेको छ । उदाहरणका लागि, जैविक विविधताको सेवाहरु छन् । ठूलो जनसङ्ख्यालाई हिमाली क्षेत्रले प्रदान गर्ने स्वच्छ खानेपानी सेवा रहेका छन् । यी र यस्ता सेवाहरु जलवायु परिवर्तनको असरका कारण अत्यन्त जोखिममा परेका छन् ।

 

जलवायु परिवर्तनका कारणले हिमाली क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । यी कुराहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फोरमहरुमा उठ्दै आइरहेका छन् । ‘ग्रुप अफ माउन्टेन’ भनेर पनि अन्तर्राष्ट्रिय फोरममा पनि जलवायु परिवर्तनको असरबाट हिमाललाई कसरी जोगाउने भन्ने विषयमा छलफल हुने गरेको छ । नेपालमा पनि विभिन्न समयमा जलवायुका मुद्दालाई उठाउने र छलफलहरु गर्ने प्रयास भयो, तर यसले निष्कर्ष निकाल्न सकेन ।

 

हरेक वर्ष संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धीअन्तर्गतका पक्ष राष्ट्रहरुबीच हुने छलफल (कोप) मा पनि हामीले हिमालको मुद्दालाई मुख्य छलफलको एजेन्डा बनाउनका लागि पहल गरिरहेका छौँ । हिमाल मानव र जलवायुको विषय अबको कोपमा प्राविधिक संवादका रुपमा आउनुपर्छ र विषय प्रवेश पाउनुपर्छ भन्नेमा जोड रहेको छ । गत नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म युएईको दुबईमा सम्पन्न भएको जलवायु परिवर्तनसम्बन्धी २८ औँ सम्मेलन (कोप—२८) को मुख्य नतिजा विज्ञ संवाद गर्ने भनेर निर्णय ग¥यो । यो छलफल आगामी जुनको पहिलो सातादेखि जर्मनीको बोनमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) मा हुँदैछ । त्यसमा हामीले उठाउनुपर्ने विषयवस्तुबारे साझा धारणा बनाउने भन्ने कुरा राम्रोसँग गरिएन भने फेरि त्यो छलफल नै प्रभावकारी हुँदैन कि भन्ने हामीलाई लागेको हुँदा हामीले त्यसलाई पनि लक्षित गरी अहिलेसम्म हामीले गरेका प्रयासहरुलाई निरन्तरता दिनुपर्छ भनेर नेपालले आफ्नै नेतृत्वमा यही जेठ ९ र १० गते अन्तर्राष्ट्रिय संवाद गर्दैछौँ । कोपको मुख्य एजेन्डाका रुपमा हिमालका एजेन्डाहरुलाई बनाउन जरुरी रहेको छ भन्ने आवाजहरु हामीले उठाउँदै आइरहेका छौँ । यहाँ परेको प्रभाव न्यूनीकरणका लागि लक्षित कोषहरुको व्यवस्था होस् भनेर आवाज उठाइरहेका छौ

Share Now