Prakash Adhikari August 5, 2024

ब्राम्प्टन(क्यानडा), २० साउन । नेपाली क्रिकेट स्टारहरु सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध रहेको भान्कुवर नाइट्सले क्यानडामा जारी ग्लोबल टी २० क्यानडा लिगमा पहिलो जित दर्ता गरेको छ ।

आइतबार अपरान्ह भएको खेलमा भान्कुवरले मन्ट्रियल टाइगर्सलाई ५ विकेटले जितेको हो ।

सीएए सेन्टर ब्राम्प्टनमा भएको खेलमा मन्ट्रियल टाइगर्सले दिएको १ सय ९ रनको लक्ष्य भान्कुवर नाइट्सले १८.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय १३ रन हासिल गर्दै पूरा गरेको थियो ।

टस जितेर फिल्डिड. रोजेको भान्कुवरले २० ओभरको निर्धारित खेलमा ६ बल बाँकी रहदै लक्ष्य पूरा गरेको थियो । जारी ग्लोबल टी २० मा भान्कुवरको यो पहिलो जित हो । यस अगाडि उसले बर्षाले रद्द भएको खेलमा अंक बाँडिदा एक अंक पाएको थियो ।

भान्कुवरका लागि रिजा ह्याण्ड्रिचले ३९, क्याप्टेन उस्मान ख्वाजाले ३१, रिचि ब्यरिड.टनले १७,असिफ अलीले ६,द्धयन प्रिटोरियसले ५ रनको योगदान गरे भने दीपेन्द्रसिंह ऐरी शून्य रनमा अविजित रहे ।

भान्कुवरलाई रोक्ने क्रममा मन्ट्रियल टाइगर्सका अज्मातुल्लाह अमरजाई र गेर्हार्ड इरास्मसले २ / २ तथा कोर्बिन बोचले एक विकेट लिएका थिए ।

यस पहिले टस हारेर ब्याटिड.को निम्तो पाएको मन्ट्रियल टाइगर्सले २० ओभरको खेलमा  १९.२ ओभरमा अल आउट हुँदै १ सय ९ रन जोडेको थियो । टाइगर्सका लागि अजमातुल्लाह अमरजाईले ३० शेरफेन रदरफोर्डले २२, कलिम सानाले ११, टिम सिफर्टले १०, कर्बिन बोचले ९, आयन अफजल खानले ८, गेहार्ड इरास्मसलेले ४,प्रविन कुमार र जहुर खानले ३ । ३, दिलप्रित बज्वाले २ र क्रिस लिनले १ र जोडेका थिए ।

मन्ट्रियल टाइगर्सलाई रोक्ने क्रममा भान्कुवर नाइट्सका मोहम्मद आमिरले ३, सन्दीप लामिछाने,द्धायन प्रिटोरियस र हर्ष ठाकरले २।२ तथा ऋषभ जोशीले १ विकेट लिए ।

Share Now