Prakash Adhikari September 28, 2024

ओन्टारियो(क्यानडा), १२ असोज । आईसीसी विश्वकप लिग २ को छनोट चरणको त्रिकोणीय श्रृखला खेल्न क्यानडा पुगेको नेपाली टोली लिग टूका खेलहरुको समाप्ति पछि त्रिकोणीय टी ट्वान्टी खेल अन्तरगत आज क्यानडासंग प्रतिस्पर्धा गर्दै छ ।

खेल नेपाली समय अनुसार बेलुका ९ः४५ बजे मा दुई टोलीबीचको प्रतिस्पर्धा हुँदैछ । विश्वकप लिग टु अन्तर्गतको ओडीआई श्रृखलामा ४ खेलमा तीन खेलमा खराब प्रदर्शन गरेर पराजित भएको र सिरिजको अन्तिम खेल बर्षाले रद्द भएर एक अंक बटुलेको नेपाल टी ट्वान्टी श्रृखला जितका साथ आरम्भ गर्दै लिग टू को खराब प्रदर्शनलाई कहिल्यै नदोहोर्याउने सन्देश दिन चाहान्छ ।

श्रृखलामा नेपाल र क्यानडाका साथै ओमानको पनि सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा आइतबार ओमानसंग खेल्ने छ । तेस्रो खेलमा मंगलवार क्यानडासँग फेरि भिड्ने छ । चौथो खेलमा नेपालले बुधवार ओमानसंग खेल्ने तालिका छ ।

यो श्रृखला सकिएपछि नेपाली टोली अमेरिकामा हुने लिग टू को अर्को त्रिकोणीय श्रृखलामा खेल्न अमेरिका प्रस्थान गर्ने छ । अमेरिकामा नेपालले आयोजक राष्ट्र अमेरिका र स्कटल्याण्डसंग लिग टू का चार खेल खेल्ने छ ।

अमेरिका र स्कटल्याण्ड सम्मिलित आईसीसी विश्वकप लिग टु ओडीआई श्रृखला खेल्नु अगाडि नेपालले अमेरिकासँग टी ट्वान्टी श्रृखला खेल्ने भएको छ ।

ग्रान्ड पेरी क्रिकेट स्टेडियममा हुने टि ट्वान्टी क्रिकेट श्रृखंला १७ अक्टोबरदेखि २० अक्टोबरसम्म हुनेछ ।

टि ट्वान्टी श्रृखलापछि नेपालले अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म हुने लिग टु श्रृखला खेल्ने छ ।

युएसए क्रिकेटले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र अमेरिका बीचको टी ट्वान्टी क्रिकेट सिरिज र त्यसपछिको लिग टु को त्रिकोणात्मक श्रृखलाको जानकारी गराएको छ।

दुवैं श्रृखलाका का लागि युएसए क्रिकेटले टिकट विक्री समेत खुल्ला गरेको छ। टिकट दर खेल अनुसार अमेरिकी १० देखि १५ डलर राखिएको छ ।

नेपाल र अमेरिका बीचको टी ट्वान्टी श्रृखलाको पहिलो खेल १७ अक्टोबर, दोस्रो खेल १९ अक्टोबर र तेस्रो खेल २० अक्टोबरमा हुनेछ । सबै खेल अमेरिकाको सेन्ट्रल समय अनुसार साँझ ७ बजे सुरु हुनेछन् ।

 

Share Now