Prakash Adhikari October 31, 2017

 

काठमाडौं, १४ कार्तिक । सर्वोच्चले सर्वस्वसहित जन्मकैद सुनाएको ८ वर्षपछि माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

२०५५ साल असार १० गते ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या गरेको आरोपमा सर्वोच्चले २०६६ साल पुसमा उनलाई सर्वस्वसहित जन्मकैद गरेको थियो। जन्मकैद पाएर पनि ढुंगेल पछिल्लो ८ वर्ष खुलेआम घुमिरहेका थिए।

ललितपुरस्थित सातदोबाटोबाट पक्राउ परेका ढुंगेल अब १३ वर्ष जेल बस्नुपर्नेछ।

अदालतले उनलाई ज्यान मुद्दामा २० वर्ष जन्म कैद तोकेको थियो। यसअघि नै २०५५ सालदेखि ०६३ बीचमा उनले सात वर्ष जेल सजाय भोगिसकेका छन्।

२०६३ साल असारमा उनलाई पुनरावेदन अदालत राजविराजले सफाई दिएको थियो। पछि २०६६ सालमा सर्वोच्चले पुनरावेदन अदालतको फैसला बदर गर्यो।

अब १३ वर्षअघि जेलबाट छुट्न ढुंगेलसँग एउटै मात्र बाटो छ।

ढुंगेलको पार्टी माओवादी केन्द्र मिलेर बनेको वाम गठवन्धनले आउने चुनावपछि सरकार बनायो भने उसले ढुंगेलको कैद मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गर्न सक्छ।

तर कानूनतस् त्यस्तो सिफारिस सरकारले ढुंगेल अब तीन वर्ष जेल बसेपछि मात्रै गर्न मिल्छ।

कारागार व्यवस्था सम्बन्धी कानूनमा ५० प्रतिशत कैद भुक्तान गरेका र जेलमा पनि अनुशासनमा बस्ने व्यक्तिलाई कारागार प्रमुखको सिफारिसमा सरकारले बाँकी कैद सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गर्न सक्ने कानूनी व्यवस्था छ। तीन वर्ष जेल बसेपछि उनले पाएको २० वर्षे सजायको आधि पूरा हुन्छ।

प्रत्येक वर्ष गणतन्त्र दिवसको दिन यस्ता कैदीको बाँकी कैद मिनाहा हुन्छ।

यसअघि पनि बाबुराम भट्टराईको सरकारले ढुंगेललाई आममाफि दिन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। राष्ट्रपतिले आममाफि कार्यान्वयन गर्नु अघिनै अदालतले सरकारको निर्णय रोकेको थियो।

त्यो बेला सर्वोच्चले ८ किसिमका मुद्दा फिर्ता गर्न र आम माफि दिन नमिल्ने भन्दै व्याख्या पनि गरेको थियो। कर्तव्य ज्यान, बलात्कार, मानवबेचविखन लगायत ८ किसिमका अपराध गम्भीर प्रकृतिका भन्दै तिनलाई सरकारले फिर्ता लिन नपाउने भन्यो।

उज्जन हत्याको ८र९ महिनापछि ओखलढुंगास्थित ससुरालीबाट उनी पक्राउ परेका थिए।

उज्जनलाई ढुंगेल र पुष्कर गौतमले गोली हानी मारेको भन्दै ओखलढुंगा जिल्ला अदालतले २०६१ साल वैशाखमा सर्वस्वसहित उनीहरूलाई जन्मकैद गरेको थियोर्।े

 

Share Now

Leave a comment.