Prakash Adhikari October 24, 2024

काठमाडौँ, ८ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गर्नुभएको हो ।

सहयोग हस्तान्तरणका अवसरमा बीमा प्राधिकरण सञ्चालक समितिका सदस्यहरु तथा वरिष्ठ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

Share Now