Prakash Adhikari April 24, 2025

 

काठमाडौं, ११ वैशाख। जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छ्न्।

यस्तै पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइ ४८ घण्टा भित्र देश छोड्न निर्देशन पनि दिएको छ।। भारतले पाकिस्तानमा रहेको आफ्नो दूतावाससमेत बन्द गर्ने निर्णय गरेको छ।

भारत-पाकिस्तानको मुख्य नाका कटारी नाका पनि भारतले बन्द गर्ने भएको छ। नाकाबाट सीमा वारपार गर्ने भारतीय तथा पाकिस्तानी नागरिकलाई मे १ सम्मको समयसीमा तोकिएको छ। उक्त समयभित्र भारतीय तथा पाकिस्तानी नागरिकले उक्त नाका प्रयोग गरेर स्वदेश फर्किन सक्नेछन्।

मंगलबार पहलगाममा पर्यटकमाथि आतंकवादीहरूले एक नेपालीसहित २६ जनाको जनाको गोली हानेर हत्या गरेका थिए।

Share Now