Prakash Adhikari April 24, 2025

हैदरावाद(तेलंगना, भारत), ११ वैशाख(एजेन्सी ) इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तरगत बुधवार राति भएको खेलमा मुम्बई इण्डियन्स सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।

सनराइजर्सको गृह मैदान हैदरावादमा भएको खेलमा पाँचौं जित हासिल गरेको मुम्बई इण्डियन्स लिगको तेस्रो स्थान मा उक्लिएको छ।

मुम्बईले जितको लागि पाएको १ सय ४४ रनको सहज लक्ष्य १५.४ ओभरमा ३ विकेटको क्षतिमा गुमाउँदै पूरा गर्यो। मुम्बईका लागि रोहित शर्माले ४६ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए।

सूर्यकुमार यादव ४० रनमा अविजित रहँदै टिमलाई जित दिलाए। विल ज्याक्सले २२ रन बनाएका थिए।

मुम्बईलाई रोक्ने क्रममा सन राइजर्सका जयदेव उनादकट, इशान मालिङ्गा र जिशन अन्सारीले १ । १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको हैदरबादले कडा संघर्ष गर्दै ८ विकेटको नोक्सानीमा १ सय ४३ रन बनायो। अत्यन्त खराब सुरूवात गरेको सनराइजर्सले मात्र १३ रन जोड्दा ४ महत्वपूर्ण विकेट गुमाएको थियो।

ओपनर ट्राभिस हेड बिना रन जोडी आउट भए। इशान किशन १ रनमा, अविनाश शर्मा ८ रनमा र नितिश कुमार रेड्डी २ रनमा पबिलियन फर्किए। यसपछि पाँचौं विकेटको रूपमा अंकित बर्मा १२ रनमा आउट भए।

त्यसपछि हेन्रिक क्लासेन र अभिनव मनोहर ले छैटौं विकेटको लागि ९९ रन बनायो। अभिनव ४३ रन बनाएर आउट भए। हेन्रिकले ४३ बलमा ९ चौका र २ छक्काको मद्तले ७१ रनको पारी खेले।

सन राइजर्सलाई रोक्ने क्रममा मुम्बईका ट्रेन्ट बाउल्टले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। दीपक चाहरले २ विकेट झारे।

यो संगै नौ खेल खेलेर १० अंक बनाएको मुम्बई तेस्रो स्थानमा उक्लिएको छ। आठौं खेलमा छैंटौं हार भोगेको सनराइजर्ससँग मात्र ४ अंक छ। सनराइजर्स लिगको नवौं स्थानमा छ।

Share Now