नयाँदिल्ली(भारत), १७ वैशाख(एजेन्सी) । इण्डियन प्रिमियर लिग (आइपीएल) मा मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हासिल गरेको छ।
आफ्नो घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा जितको लागि २ सय ५ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरको निर्धारित खेलमा लक्ष्य हासिल गर्न सकेन । उसले ९ विकेटको क्षतिमा १ सय ९० रन मात्र बनाउन सक्यो ।
दिल्लीको लागि फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
कप्तान अक्षर पटेलले ४३ रनको योगदान दिए। विपराज निगमले ३८ रन र करूण नायरले १५ रन बनाए। यी चार बाहेक अन्यले दोहोरो रन छुन सकेनन्।
दिल्लीलाई रोक्ने क्रममा बलिङमा सुनिल नरायनले ४ ओभरमा २९ रन दिंदै ३ विकेट लिए। वरूण चक्रवर्तीले २ विकेट झारे।
त्यसअघि अरूण जैटली स्टेडियममा दिल्ली क्यापिटल्सले टस जितेर फिल्डिङ रोजेका थियो । ब्याटिड.मा उत्रिएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो।
कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह गुर्बाज १२ बलमा २६ रनमा आउट भए। अर्का ओपनर सुनिल २७ रनमा र कप्तान अजिन्के राहने २६ रन जोडेर बिदा भए।
लगत्तै ७ रन बनाएका वेंन्कटेश अयर पनि ७ रनमा अक्षर कै बलमा आउट हुन पुगे। अंगक्रिश रघुवंशीले ३२ बल खेल्दै ३ चौका र २ छक्का सहित ४४ रनको पारी खेले। यस्तै रिन्कु सिंहले ३६ रन र आन्द्रे रसलले १७ रन जोडे।
बलिङमा मिचेल स्टार्सले ३ विकेट लिए। उनले २० औं ओभरको तेस्रो बलमा ५ रन बनाएका रोभम्यान पोवेलकाई एलबिडब्लु धरापमा पारेका थिए ।चौथो बलमा आन्द्रे रसल १७ रनमा रनमा रन आउट भए।
कोलकोतालाई रोक्ने क्रममा विपराज निगम र अक्षरले समान २ विकेट लिए।
कोलकाताको यो दशौं खेलमा चौथो जित हो। उसले ९ अंक बनाएको छ। कोलकाता सातौं स्थानमा कायमै रहेको छ।
दिल्लीको यो चौथो हो । दिल्ली १२ अंकसहित दिल्ली चौथौ स्थानमा छ।


















