Prakash Adhikari May 28, 2025

 

बीरगञ्ज(पर्सा), १४ जेठ । पूर्वसांसद मोहम्मद अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाई दिएको छ ।

न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्टी गर्ने आदेश दिएको हो । नेपाली कांग्रेसको पूर्वसांसद समेत रहेका आलममाथि बम बनाउने क्रममा विस्फोट भएको केशमा ज्यानमुद्धा लगाइएको थियो ।

उहाँलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गरी जन्मकैदको फैसला गरेको थियो । तर, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले भने सफाइ दिएको छ ।

Share Now