पोखरा(कास्की), १५ जेठ । पोखरामा सञ्चालित नवौ पीएम कप एनभीए भलिबल लिगको महिलातर्फको उपाधि नेपाल नेपाल प्रहरीले जितेको छ।
पुलिसले टिपटप न्यु डायमण्ड क्लबलाई ३-१ ले पराजित गर्दै लगातार तेस्रो पटक उपाघि जितेको हो ।
पोखराको कभर्ड हलमा भएको खेलमा उत्कृष्ट लयमा रहेको पुलिसले राम्रो सुरुवात गर्यो। २५-२० ले पहिलो सेट जित्यो।
तर न्यु डायमण्डलरे दोस्रो सेटमा कमब्याक गर्यो। पुलिसले यो सेट २२-२५ ले गुमायो। खेल १-१ को बराबरीमा पुग्यो।
तेस्रो सेट निकै प्रतिस्पर्धामक बन्यो। जहाँ पुलिसले २८-२६ ले बाजी मार्यो। २-२ ले अगाडि बढेको पुलिसले चौथो सेट सहजै २५-१४ ले आफ्नो पक्षमा पार्यो ।
लिग चरणमा पनि पुलिसले न्यु डायमण्डलाई ३-० ले हराएको थियो। पुलिस लिगको शीर्षस्थानमा रहँदै र न्यु डायमण्ड दोस्रो हुँदै फाइनलमा पुगेका थिए।
आजै एभरेष्ट भलिबल क्लब तेस्रो भएको छ। नेपाल एपिएफ क्लबलाई ३-१ सेटले हराउँदै एभरेष्टले तेस्रो स्थानमा हासिल गरेको हो।थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले २५-१८,१०-२५,२५-१३,२९-२७ ले खेल जितेको हो।
पुलिस, न्यु डायमण्ड र नेपाल एपिएफ क्लब समान ३ पटक च्याम्पियन बनेको छ।
आज पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई ३-१ हराउँदै पुलिस तेस्रो भएको थियो।
महिला र पुरुष दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
पुलिस र न्यु डायमण्ड नेपालमा हुने काभा महिला क्लब च्याम्पियनसिपमाका लागि छनोट भैसकेका छन्।
पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।


















