Prakash Adhikari June 11, 2025

काठमाडौं,  २७ जेठ : न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतका लागि सिफारिस हुने न्यायाधीशहरुमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा हुनुहुन्छ  ।

न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार परिषद्को सोमबार बसेको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम सिफारिस गरेको हो ।

 

Share Now