लर्डस क्रिकेट मैदान(लण्डन, संयुक्त अधिराज्य), १३ साउन । पटक पटक पर्दै रोकिदै गरेको पानी पहिलो इनिड.को अन्त्यतिर लामो समयसम्म नरोकिए पछि लर्डर्स मैदानमा भइरहेको नेपाल र नेदरल्याण्डबीचको एक दिवसीय ट्वान्टी २० खेल रद्द भएको छ।
त्रिकोणीय प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्याण्डबिरूद्ध टस जितेर पहिले फिल्डिड. रोजेको थियो।
पटक पटक वर्षाले खेलमा अवरोध ल्याएपछि खेललाई १८ ओभरमा सीमित गरिएको थियो । तर पहिलो इनिड.को १६ औं ओभर सकिनेबेलामा भारी बर्षा भएकोले रोकिएको खेल लामोसमयसम्म बर्षा नथामिएकोले रद्ध गर्नुपर्ने अवस्था आयो ।
खेल रोकिनु अघि नेदरल्याण्डले १६।४ ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। नेपालका लागि करन केसी, बसन्त रेग्मी ,सोमपाल कामी र सन्दीप लामिछानले १र१ विकेट लिएका थिए।
यसअघि मेरिलोवन क्रिकेट क्लबसंग सम्पन्न त्रिकोणीय खेल पनि वर्षाका कारण प्रभावित भएकोले खेललाई ६र६ ओभरमा छोट्याइएको थियो।
सो खेलमा नेपालले एमसीसीलाई ९ विकेटले पराजित गरेको थियो ।
नेदरल्याण्डले एमसीसीलाई ६ रनले हराएको थियो।
नेपाल र नेदरल्याण्डको यो प्रतियोगितालाई आइसिसिले अन्तर्राष्ट्रिय टी ट्वान्टीको मान्यता दिएको छ।