गैंडाकोट(नवलपरासी पूर्व),१४ साउन, । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डीएलए) को अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी विजयी हुनुभएको छ ।
गत शनिवारबाट आरम्भ भएको डीएलएको १० औं महाधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिकारीले ४३१ मत ल्याउँनुभएको थियो भने उहाँका प्रतिद्धन्द्धिहरु सिताराम केसी र रामकुमार श्रेष्ठले क्रमश ३३४ र ४२ मत ल्याउनुभएको थियो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित हुनुभएको छ ।
यसैगरी सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरु निर्वाचित बनेका छन् ।
प्रदेश नम्बर १ मा मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल, गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा, कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश नम्बर ७ मा बीरबहादुर जेठारा निर्वाचित हुनुभएको छ ।