Prakash Adhikari August 1, 2018

आम्र्सटरडम(नेदरल्याण्डस्), १६ साउन । नेदरल्याण्डस् विरुद्ध भएको प्रथम एक दिवसीय खेलमा नेपाली क्रिकेट टोलीलाई नेदरल्याण्ड्सले १९० रनको चुनौति दिएको छ ।

आजको पहिलो इनिड.मा नेपालको प्रस्तुति राम्रो रहयो। नेपालले निर्धारित ५० ओभरको खेलमा ४७.४ ओभरमा नेदरल्याण्ड्सलाई अल आउट गर्यो ।

आजको खेलमा कप्तान पारसले ४ विकेट लिएका छन् ।

अन्यमा सोमपाल कामीले ३ विकेट लिए भने ,करण केसी, बसन्त रेग्मी र सन्दीप लामिछानेले एक एक विकेट लिएका छन् ।

खेलमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिड रोजेको थियो ।

Share Now

Leave a comment.