Prakash Adhikari August 1, 2018

काठमाडौं, १६ साउन । प्रधानन्यायाधीशको बारेमा निर्णय गर्न बुधबार साँझ सिंहदरबारस्थिन संसद सचिवालयमा बसेको सार्वजनिक सुनुवाई समितिको बैठक शुक्रबार अर्को बैठकको मिति तय गरि टुंगिएको छ ।

बैठकमा नेपाली कांग्रेसकातपंर्mबाट समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुले यसका बारेमा निर्णय लिन समय माग गरेपछि समितिका ज्येष्ठ सदस्यको रुपमा समितिको बैठकको सभापतित्व गरिरहनुभएका सांसद लक्ष्मणलाल कर्णले शुक्रबारसम्मका लागि बैठक सार्नुभएको हो ।

संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारीश गरिनुभएका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई अनुमोदन गर्ने विषयमा समितिमा सहमति कायम हुन सकेको छैन ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरुले उहाँको शैक्षिक योग्यताको प्रमाण पत्र र उहाँबाट भएका अदालतका फैसला तथा निर्णयहरु विवादित भएकोले उहाँलाई प्रधानन्याधीशको गरिमामय पदमा शिफारीस गर्न नहुने मत राख्दै आएका छन् ।

तर नेपाली कांगे्रसबाट समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुले उहाँको शैक्षिक प्रमाणपत्रको विवाद विश्वविद्यालयको अध्ययनका क्रममा, सेवा प्रवेश तथा वढुवा र सर्वोच्च अदालतका न्यायाधीशहरुको नियुक्तिका क्रममा संसदीय सुनुवाईबाटै निरुपण भैसकेकोले यसमा प्रवेश गरेर न्यायायिक मर्यादा र परम्परालाई प्रहार गर्न नहुने मत राख्दै आएका छन् ।

नेपाली कांग्रेसनबाट समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुले ऊजुरीका भरमा मात्र प्रधान न्यायाधीशको नियुक्तिको लागि शिफारीस गर्ने विषयको अनुमोदन वा अस्वीकृती हतारमा गर्नुभन्दा प्राप्त ऊजुरी र सत्य,तथ्य र प्रमाणहरुको जाँचबुझ गर्न उपसमिति बनाएर त्यसले दिने प्रतिवेदनका आधारमा निर्णय लिन उचित हुने राय प्रकट गर्दै आएका छन ।

प्रधान न्यायाधीशको शिफारीस अनुमोदनको विषयलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटिसक्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र का.मु.प्रधान न्यायाधीश जोशीकाबीचमा पनि बुधबार भेट भएको छ ।

Share Now

Leave a comment.