Prakash Adhikari August 2, 2018

६ दशक लामो इतिहास बोकेको नेपाली क्रिकेटले पहिलो एकदिवसीय खेल खेलेर नयाँ युगको शुरुवात गरेको छ ।

भीआरए ग्राउण्ड,आम्टेलभिल(नेदरल्याण्ड्स), १६ साउन । ओपनर ज्ञानेन्द्र मल्लले जिम्मेवारी पारी खेल्दै शानदार अर्धशतक बनाएपनि नेपाल नेदरल्याण्ड्ससंगको पहिलो एकदिवसीय  पराजित भएको छ।

नेदरल्याण्ड्समा भएको खेलमा आयोजक राष्ट्रलाई १ सय ८९ रनमा रोकेपछि सहज मानिएको चुनौती पुरा गर्न आएको नेपाल १३४ रनमा धरासायी हुन पुगेको थियो।

मुख्य खेलाडीहरुले अपेक्षा अनुरुप खेल्न नसकेपछि नेपालले ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित हात पार्ने अवसर गुमाउनु परेको हो।

यद्यपि स्थापनाको ६ दशक लामो इतिहास बोकेको नेपाली क्रिकेटले पहिलो एकदिवसीय खेल खेलेर नयाँ युगको शुरुवात गरेको छ।

मुख्य खेलाडीहरुले अपेक्षा अनुरुप खेल्न नसकेपछि नेपालले ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित हात पार्ने अवसर गुमाउनु परेको हो

सीमित

टस जितेर पहिलो फिल्डिङ पाएको नेपालले आयोजक नेदरल्याण्डसलाई ४७ दशमलव ४ ओभरमा अल आउट गर्दै १८९ रनमा सीमित पारेको थियो। आयोजक टोलीका लागि मिचेल रिप्पोनले सर्वाधिक ५१ रनको योगदान दिएका थिए।

बलिङतर्फ कप्तान पारस खड्काको ४ विकेट तथा सोमपाल कामीको ३ विकेटको मदतले नेपालले विपक्षीलाई खुलेर खेल्नबाट रोकेको थियो।

सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले १, १ विकेट लिएका थिए।

जवाफमा आएको नेपालले उत्कृष्ट शुरुवात गर्यो।

तर पहिलो विकेटको पतन सगै टोलीका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै नराम्ररी असफल हुनपुगेका थिए।

ओपनर ज्ञानेन्द्र मल्ल र अनिल शाहको जोडीले पहिलो ओभरको लागि ५८ रनको बलियो साझेदारी गरेका थिए।

जसमा ज्ञानेन्द्रले ६१ बलमा ८ चौकाको मदतले ५१ रन बनाएका थिए।

अनिल शाहले २१ रन जोडे।

आउट

तर त्यसपछि टोलीको इनिङ लडखडाउन थाल्यो। कप्तान पारस १२ रन बनाएर आउट भए।

दिपेन्द्र सिह ऐरीले जिम्मेवारी इनिङ खेल्ने क्रममा ३३ रन जोडे। तर त्यसपछि आरिफ शेखऽ सोमपाल कामीऽ बसन्त रेग्मी र करण केसीले खाता खोल्न सकेनन्।

शरद भेषावकर पहिलो इनिङमा फिल्डिङ गर्ने क्रममा घाइते हुनु नेपालको लागि अर्को खराब समाचार थियो।

अन्तिम खेलाडीका रुपमा मैदानमा आएका उनले ४ रन मात्र बनाए। सन्दीप लामिछानेको खातामा १ रन बन्यो।

नेपाली राष्ट्रिय टोलीका लागि अन्तिम खेल खेलिरहेका शक्ति गौचन ९ रनमा अविजित रहे।

नेपाली टोली ४१ दशमलब ५ ओभरमा अलआउट भएको थियो।

नेपालले अब शुक्रवार नेदरल्याण्ड्ससंगै दोस्रो एकदिवसीय खेल खेल्नेछ।

बीबीसीबाट

Share Now

Leave a comment.