Prakash Adhikari August 3, 2018

हरारे(जिम्बाबे),१८ साउन (बीबीसी) । जिम्बाब्वेको निर्वाचन आयोगले राष्ट्रपतीय चुनावमा सत्तारूढ दलका नेता एमरसन मनाङ्गाग्वा निर्वाचित भएको औपचारिक घोषणा गरेको छ।

मनाङ्गाग्वाले आधाभन्दा बढी मत पाएपछि उनलाई औपचारिक रूपमा विजयी घोषणा गरिएको हो। तर विपक्षी गठबन्धनले मतपरिणाम स्विकार्न नसकिने बताएको छ।

१० प्रदेशको अन्तिम मत परिणाम घोषणा हुँदा जानु पीएफ पार्टीका मनाङ्गाग्वाले करिब ५० प्रतिशत मत हासिल गरेका छन्।

विपक्षी गठबन्धनका नेल्सन चामिसाले ४४ प्रतिशत मत पाएका छन्।

मतपरिणामप्रति आपत्ती जनाउँदै त्यो गठबन्धनका एक नेताले परिणाम पुष्टि हुन नसक्ने जिकिर गरेका छन्।

विवाद

विपक्षीहरूले मतपरिणाम स्विकारर्न नसकिने भन्दै प्रदर्शन गरेपछि ती स्थानमा प्रहरी परिचालन गरिएको थियो।

राष्ट्रपति निर्वाचित भएपछि एमरसन मनाङ्गाग्वाले खुसी प्रकट गर्दै मतदाताहरूप्रति आभार व्यक्त गरेका छन्।

उनले चुनावमा आफूहरू विभाजित भएपनि जिम्बाब्वेका जनताको “सपना एउटै” भएको बताएका छन्।

उनले सबैलाई “हातेमालो गर्न र एक हुन” आग्रह गरेका छन्।

हिंसा
समर्थकहरूमाझ खुसी
तर उनका प्रतिस्पर्धी उम्मेदवार नेल्सन चामिसाले आफूले चुनाव जितेको दाबी गर्दै सम्वाददाताहरू समक्ष जानु पीएफ पार्टीले परिणाममा चलखेल गरेको आरोप लगाए।

तर जिम्बाब्वेको निर्वाचन आयोगले चुनाव परिणाम कुनै पनि हिसाबले तलमाथि नभएको बताएको छ।

मतपरिणाम विवाद चर्किँने क्रममा बुधवार हरारेमा मच्चिएको हिंसामा ६ जनाको ज्यान गएको थियो।

Share Now

Leave a comment.