Prakash Adhikari November 7, 2017

काठमाडौं,२० कार्तिक। सहकारी अभियान्ता दक्ष पौडेल सहकारी विकास बोर्डको सहअध्यक्षमा नियुक्त भएका छन् ।

राष्ट्रिय सहकारी संघका केन्द्रिय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ वर्षे कार्यकालका लागि सहअध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्ष सहकारी मन्त्री रहने व्यवस्था छ । पौडेल यसअघि बोर्डको सञ्चालक थिए । उनी व्यावसायिक घराना प्रभु समूहमा आबद्ध छन् ।

बोर्ड सहकारीका नीति नियम बनाउने सहकारी मन्त्रालयपछिको यो क्षेत्रको उच्च निकाय हो ।

हाल देशभर ३४ हजारभन्दा बढी सहकारी छन् ।

‘सहकारीमा ब्यापक मर्जरको अभियान सञ्चालन गरी संस्थाहरुलाई बलियो बनाउनु मेरो मुल उदेश्य रहनेछ,’ नवनियुक्त सहअध्यक्ष पौडेलले भनेका छन् ।

Share Now

Leave a comment.