Prakash Adhikari October 26, 2025

दुबाई(युएई), ९ कार्तिक । आइसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृखलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई २ सय ६३ रनको चुनौती दिएको छ।

दुबाई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरको निर्धारित खेलमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनायो।

अमेरिकाका लागि स्मिथ पटेलले ७५ रन, मिलिन्दकुमारले ५०, साइतेजा मुक्कामल्लाले ४२, शुभम् रन्जाने १९, हरमित सिंह १६, सायम जहागिर र अन्द्रिस गोउसले ११ । ११ रनको योगदान गरे । अमेरिकालाई रोक्न नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामी,दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १ । १ विकेट लिए ।

आज अमेरिकाले मध्यम सुरूवात गर्यो। पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा मात्र ३२ रन बनायो। सोमपाल कामीले अमेरिकाका ओपनर आन्द्रीएस गाउसलाई आउट गरे। ११ रन बनाएका गाउस भीम सार्कीद्वारा क्याच आउट भए। अमेरिकाले पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो।

आरिफ शेखले दोस्रो विकेट लिए। १० रन जोडेका अमेरिकाका कप्तान मोनांक पटेललाई एलबिडब्लु धरापमा पारे। १३.५ ओभरमा दोस्रो विकेट गुमाउँदा अमेरिकाले ४५ रन मात्र बनाएको थियो।

त्यसपछि ओपनर स्मित पटेल र साइतेजा मुक्कामल्लाले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे। सेट ब्याटर स्मित रन आउट भए। उनले १ सय बल खेल्दै ९ चौका सहित ७५ रनको इनिङ खेले। त्यतिखेर अमेरिकाले १ सय ४५ रन जोडेको थियो।

नेपालको लागि चौथो विकेट लेग स्पिनर सन्दीप‌ लामिछानेले लिए। उनले क्रिजमा जमेका साइतेजा मुक्कामल्लालाई बोल्ड आउट गरे। उनले ४२ रन बनाएका थिए।

त्यसपछि शायान जाहन्गिर ११ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा आरिफ शेखद्वारा क्याच आउट भए। शुभम रानजाने १९ रनमा सन्दीपको बलमा गुलशन झाबाट क्याच आउट भए।

नेपालले अन्तिम २ ओभरमा ३२ रन बेहोर्यो। ४९ औं ओभरमा सोमपालले १३ रन र ५० औं ओभरमा करणले १९ रन दिए। पाँचौं क्रमका ब्याटर मिलिन्द कुमारले उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा ६ चौका र २ छक्का सहित अविजित ७० रनको सानदार इनिङ खेले। हर्मित सिंह अविजित १६ रनमा रहे।

बलिङमा सन्दीपले १० ओभरमा ५६ रन दिएर २ विकेट लिए। यस्तै सोमपाल, दिपेन्द्र र आरिफले‌ समान १ विकेट लिए।

लिग टु मा संघर्ष गरिरहेको नेपाललाई यो सिरिज निकै महत्वपूर्ण रहेको छ। मात्र १२ अंक सहित नेपाल अंक तालिकाको सातौं स्थानमा छ। अमेरिका २८ अंक सहित दोस्रो स्थानमा छ।

Share Now