नयाँ-पुरानो सन्तुलन र समावेशी बनाएर टिकट वितरण गरिने नेपाली कांग्रेसका नवनिर्वाचित सभापति थापाको वचन
काठमाडौं, ५ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित हुनुभएका सभापति गगनकुमार थापाले देशभरका कार्यकर्ताहरुमा पार्टीको टिकटको बारेमा रहेको चिन्ता र चासोको सम्बोधन गर्नुभएको छ ।
आज बिहान एक भिडियो सन्देश जारी गर्दै उहाँले यसपटक नयाँ र पुरानोको सन्तुलनका साथै समावेशी ढंगले टिकट वितरण गरिने वचन दिनुभएको छ ।
उहाँलेभन्नुभएको छ, “हामी अहिले उम्मेदवार छान्ने अन्तिम चरणमा छौँ। यो भन्दा धेरै भिन्न तरिकाले गर्नुपर्छ भन्ने मेरो हाम्रो सोचाई हो। काश यस अन्तिम चरणमा उम्मेद्वार छान्ने र केन्द्रले छान्ने भन्ने कुरा नै गलत हो। तलैबाट प्रत्येक कन्सन्च्युटीबाट छान्नुपर्छ भनेर विधानमा प्रस्ताव पनि गरेका छौँ। तर, यस्तो बेलामा पार्टीको जिम्मेवारीमा छु। त्यतिखेर पुरानो विधानको आधारमा एक एक निर्वाचन क्षेत्रबाट उम्मेदवारहरू शिफारिस गरिएको छ। कुनै ठाउँमा दर्जनौ उम्मेदवार घोषणा गरिएको छ, कहीँ मिलाइएको छ, कहीँ मिलाइएको छैन। यसबाट तपाईँहरू सबैलाई थाहा छ, यो जिम्मेवारीमा आइपुग्दै गर्दाखेरि आएको केही दिन पछाडि लगातार निर्वाचन आयोग धाउनु पर्ने अवस्था भयो। निर्वाचन आयोग पछाडि पनि पार्टीको केही साथीहरूले यो चित्त बुझेन भनेर कानुनी परीक्षण खोजी राख्नुभएको थियो। कानुनी परीक्षण खोजी राख्नुभएको साथीहरूलाई पनि समेटेर लैजाऔ भनेर हिजो साँझसम्म त मेरो त्यही नै प्रयास रह्यो। जसको कारणले गर्दा अहिले एकदमै धेरै समयको चाप परेको छु। तर, यो बीचमा पनि सकेसम्म मिलाउने प्रयास गरिरहेको छु। पार्टीभित्र नयाँ र पुरानोको सन्तुलन पनि यसलाई समावेशी बनाउने ।”








