चन्दागिरि(काठमाडौं), २ फागुन । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरिमा महाशिवरात्रीको पावन अवसरलाई लक्षित गर्दै विशेष अनुष्ठान तथा भजन-कीर्तन उत्सव हुने भएको छ ।
भोलि महाशिवरात्रीमा रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, भजन–कीर्तन उत्सव तथा महा आरती लगायतका धार्मिक कार्यक्रमहरू सञ्चालन गरिने भएको छ। कार्यक्रममा सहभागी भई भक्तजनहरूले प्रसाद तथा भगवान् भालेश्वर महादेवको आशिर्वाद ग्रहण गर्न सक्नेछन्।
भजन कीर्तन उत्सवमा लागि पोखराको युवा भजन समूह चन्द्रागिरिमा गुञ्जिने भएका छन् ।
महाशिवरात्री विशेष अनुष्ठान र भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा आज विशेष सरसफाई र साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ।
#महाशिवरात्री# भालेश्वर महादेव # चन्द्रागिरि # भजन-उत्सव



















