Prakash Adhikari February 23, 2026

विराटनगर(मोरड.), १२ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला ले आफ्नो निर्वाचन क्षेत्र र राष्ट्रिय मुद्दाहरुमा आफूले गर्ने कामको आठ बुँदे अठोट-पत्र सार्वजनिक गर्नुभएको छ ।

निर्वाचन आउन ९ दिन बाँकी रहँदा उहाँले अठोट-पत्र सार्वजनिक गर्नुभएको हो ।

संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व र समुन्नतिका लागि मेरो आठ अठोट भन्दै उहाँले आफ्नो अठोट पत्रमा लोकतन्त्र, सुशासन, शिक्षा , स्वास्थ्य ,  किसान ,  डिजिटल विकास, उद्योग, प्राकृतिक प्रकोप न्यूनीकरण सम्बन्धी विषयहरुलाई समेट्नु भएको छ । यस्तो छ उहाँको अठोट पत्रः

१️. बलियो लोकतन्त्र र संविधानको पूर्ण कार्यान्वयन
लोकतन्त्र भावनाले मात्र टिक्दैन, संस्थाले टिक्छ।
* संविधान संसोधन र पूर्ण कार्यान्वयनका लागि संसदमा सक्रिय भूमिका
* संघीयता सुदृढीकरण र अधिकारको स्पष्ट कार्यान्वयन
* नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनको रक्षा
* सार्वजनिक संस्थाहरूको राजनीतिक दुरुपयोग रोक्ने पहल
* नीति निर्माणमा नागरिक सहभागिता प्रणाली
* सबै जात–जातीको आस्था, धर्म, कला, संस्कृति र परम्पराको संरक्षण
सन्देश: “लोकतन्त्र सुरक्षित भए मात्रै विकास दिगो हुन्छ।”

२️. औद्योगिक पुनर्जागरण र रोजगारी सिर्जना
मोरङ ६ = उद्योगको ऐतिहासिक आधार।
* बन्द/कमजोर उद्योग पुनः सञ्चालन नीति
* साना तथा मझौला उद्योग (SME) लाई कर सहुलियत
* विराटनगर विमानस्थल लाई क्षेत्रीय विमानस्थलमा स्तर उन्नति
* गूद्रि बजारलाई पिपिई मोडलमा बिकास गर्ने
* उद्योग–शिक्षा सहकार्य (internship → job pipeline)
* स्थानीय युवालाई “रोजगार प्राथमिकता नीति”
* बिराटनगरलाई विशेष आर्थीक क्षेत्र (SEZ)को रुपमा विकास गर्ने
* उत्पादनमुखी लगानी आकर्षण
* स्थानिय हाट बजारलाई बैज्ञानिकिकरण गर्ने
सन्देश: “रोजगारीका लागि विदेश होइन, आफ्नै क्षेत्र।”

३️. बाढी-डुबान समाधान र सुरक्षित पूर्वाधार
हर वर्षको पीडा → स्थायी समाधान।
* बुढीखोला, केशलिया, सिंघिया र गछिया लगायत नदीहरूको दीर्घकालीन गुरुयोजना
* तटबन्ध निर्माण
* वैज्ञानिक ड्रेनेज र ढल निकास प्रणाली
* वर्षा पानी व्यवस्थापन (Rainwater Harvesting)
* गिरिजा प्रसाद कोईराला क्रिकेट रंगशालाको पूर्णता
* विपतका लागि पूर्व सूचना प्रणाली विस्तार
सन्देश: “बाढी नियन्त्रण = जीवन र सम्पत्तिको सुरक्षा।”

४️. जलवायु-मैत्री कृषि र किसान संरक्षण
किसानलाई सहानुभूति होइन, प्रणाली चाहिन्छ।
* जलवायु अनुकूल बीउ र प्रविधि
* ड्रिप/स्प्रिंकलर सिँचाइ प्रवर्द्धन
* मल, बीउ, बजार सुनिश्चितता
* कृषि उत्पादन → प्रशोधन उद्योग जोड्ने नीति
* कृषि बीमा विस्तार
* बाँझो जमिन उपयोग कार्यक्रम
* जैविक खेती प्रोत्साहन
सन्देश: “किसानको पसिना = अर्थतन्त्रको मेरुदण्ड।”

५️. शिक्षा सुधार र सीप-आधारित अवसर
डिग्री मात्र होइन ।
* डिजिटल कक्षा र स्मार्ट शिक्षण
* प्राविधिक/व्यावसायिक शिक्षा विस्तार
* सीप–रोजगारी समन्वय कार्यक्रम
* उच्च शिक्षा नपाएका लागि सिप मुलक कार्यक्रम
* सरकारी विधालयको स्तरोन्नती
* छात्रवृत्ति र समावेशी शिक्षा
* मदरसा/गुरुकुल स्तर उन्नति
सन्देश: “सीप भएको युवा बेरोजगार हुँदैन।”

६️. स्वास्थ्यमा सहज पहुँच र भरोसा
स्वास्थ्य सेवा = आधारभूत अधिकार।
* सरकारी अस्पतालको स्तरोन्नती
* सहूलियतमा उपचार व्यवस्थापन
* प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण
* स्वास्थ्य बीमा व्यवस्थित कार्यान्वयन
* मातृ–शिशु स्वास्थ्य कार्यक्रम
* नियमित निःशुल्क स्वास्थ्य शिविर
सन्देश: “स्वास्थ्यमा पहुँच = सम्मानित जीवन।”

७️. प्रविधि, डिजिटल सेवा र युवा सशक्तीकरण
भविष्य डिजिटल छ — तयारी आजै।
* स्थानीय आईटी हब स्थापना
* स्टार्टअप कोष र सहुलियत ऋण
* कोडिङ, एआई, डिजिटल सीप तालिम
* डिजिटल रोजगारी सिर्जना
सन्देश: “Digital Nepal स्थानीय तहबाट।”

८️. सुशासन, पारदर्शिता र सामाजिक सुरक्षा
विकास भ्रष्टाचारमा डुब्यो भने जनता डुब्छन्।
* भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
* डिजिटल सार्वजनिक सेवा प्रणाली
* जनगुनासो दर्ता/समाधान कक्ष
* सहकारी सुधार र बचत सुरक्षा
* महिला उद्यमशीलता कार्यक्रम
* युवा उद्यमशीलता कोष
* ज्येष्ठ नागरिक/अपाङ्गता सेवा विस्तार
सन्देश: “सुशासन बिना समृद्धि सम्भव छैन।”

डा शेखर कोइराला
प्रतिनिधि सभा सदस्य उमेदवार
मोरङ क्षेत्र -६, नेपाली कांग्रेस ।

Share Now