Prakash Adhikari April 2, 2026

काठमाडौं, १९ चैत्र । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।

बिहिवार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १ सय ६५ रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबारको बजारमा सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Share Now