सानेपा(ललितपुर), ६ असोज । नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ ।
असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यले सुझाव सङ्कलन गर्ने शनिबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विधान संशोधन समितिका संयोजक महामन्त्री पूर्ण बहादुर खड्काले इलाम, विराटनगर, जनकपुर, वीरगञ्ज, ललितपुर, धुलिखेल, पोखरा, बाग्लुङ, भैरहवा, घोराही, वीरेन्द्रनगर र धनगढीमा सुझाव सङ्कलनको कार्यक्रम राखिएको बताउनुभयो ।
सुझाव सङ्कलनमा जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुख सहभागी हुनेछन् । आएका सुझाव सङ्कलन गरी तिहारअघि नै मस्यौदालाई अन्तिम रूप दिइनेछ ।
विधान संशोधनको मस्यौदा मङ्सिर ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने महासमिति सदस्यको बैठकमा पेश गरिने जनाइएको छ ।
उपसमितिका मस्यौदालाई एकीकृत गर्न सदस्य दीलेन्द्रप्रसाद बडुको संयोजकत्वमा आनन्दप्रसाद ढुङ्गाना र रमेश लेखक सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो ।
प्रारम्भिक मस्यौदा सर्वसम्मत रूपमा तयार भएको समितिले जनाएको छ । मस्यौदामा छलफलमा रहेका सबै विकल्प उल्लेख गरिएको जनाइएको छ । सातै प्रदेशमा हुने कार्यक्रममा मस्यौदामाथि दफावार सुझाव लिइनेछ ।
संविधानमा आरक्षणको व्यवस्था गरिएका आठवटै समूहलाई पार्टी विधानमा ठाउँ दिइने कांग्रेसको प्रतिबद्धता छ । १२ गते सबै प्रदेशमा अन्तिम छलफल भएलगत्तै १४ गतेसम्म राजधानी फर्किएर मस्यौदालाई अन्तिम रूप दिन काम थालिने समिति सदस्य रमेश लेखकले बताउनुभएको छ।
नेपाली कांग्रेसले दिएको जानकारी अनुसार विधान संशोधनका लागि गठित तीन वटा उपसमितिले गठन आ–आफ्नो क्षेत्रको प्रारम्भिक मस्यौदा समितिमा प्रस्तुत गरेका थिए ।
समितिको पूर्ण बैठकले उप समितिबाट प्राप्त मस्यौदामाथि थप छलफल ग¥यो । तीनवटै उपसमितिका मस्यौदालाई एकिकृत गर्न दिलेन्द्रप्रसाद बडू संयोजक, आनन्दप्रसाद ढुंगाना र रमेश लेखक सदस्य रहेको उप समिति गठन भयो । एकिकृत गर्ने उपसमितिले मस्यौदा एकिकृत ग¥यो । एकिकृत मस्यौदामाथि समितिको पूर्ण बैठकमा छलफल गरि सर्वसम्मत रुपमा प्रारम्भिक मस्यौदा तयार भएको छ ।
समितिको २०७५ असोज ३ गतेको बैठकले छलफलका लागि प्रस्तुत प्रारम्भिक मस्यौदा सर्वसम्मतवाट पारित भएको हो ।
विधान मस्यौदा समितिद्वारा प्रदेशमा आयोजना गरिने प्रारम्भिक मस्यौदामाथि छलफलको कार्यक्रम यस्तो रहेको छ :
१ असोज ८, ९ इलाम
प्रमुख अतिथि : श्री गोपालमान श्रेष्ठ
मस्यौदा समितिबाट :
संयोजक — श्री आनन्दप्रसाद ढुंगाना
सदस्य — श्री नविन्द्रराज जोशी
सचिव — श्री मुक्तिप्रसाद आचार्य झापा, इलाम, पाँचथर, ताप्लेजुङ
(जिल्ला सभापति/महासमिति सदस्य/क्षेत्रीय सभापति/महाधिवेशन प्रतिनिधिः १६८, प्रतिनिधिसभा सदस्यः २, राष्ट्रियसभा सदस्य ः १, प्रदेशसभा सदस्य ः२, जम्माः १७३ र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु)
असोज ११, १२ मोरङ (विराटनगर)
प्रमुख अतिथि : श्री पूर्णबहादुर खड्का
मस्यौदा समितिबाट :
संयोजक — श्री आनन्दप्रसाद ढुंगाना
सदस्य — श्री नविन्द्रराज जोशी
सचिव — श्री मुक्तिप्रसाद आचार्य मोरङ, सुनसरी, उदयपुर, धनकुटा, भोजपुर, ओखलढुङ्गा, संखुवासभा, सोलुखुम्वु, खोटाङ, तेह्रथुम
(जिल्ला सभापति/महासमिति सदस्य/क्षेत्रीय सभापति/महाधिवेशन प्रतिनिधिः ३६०, प्रतिनिधिसभा सदस्यः १३, प्रदेशसभा सदस्यः १९, जम्माः ३९२ र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु)
२ असोज ९, १० धनुषा (जनकपुर)
प्रमुख अतिथि : श्री कृष्णप्रसाद सिटौला
मस्यौदा समितिबाट :
संयोजक — डा. मिनेन्द्र रिजाल
सदस्य — श्री महालक्ष्मी उपाध्याय ‘डिना’
सचिव — श्री विष्णुदेव ठाकुर धनुषा, महोत्तरी, सिरहा, सप्तरी
(जिल्ला सभापति/महासमिति सदस्य/क्षेत्रीय सभापति/महाधिवेशन प्रतिनिधिः ३००, प्रतिनिधिसभा सदस्यः ८, राष्ट्रियसभा सदस्यः २, प्रदेशसभा सदस्यः ८, जम्माः ३१८ र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु)
असोज १२, १३ पर्सा (वीरगञ्ज)
प्रमुख अतिथि : श्री रामचन्द्र पौडेल
मस्यौदा समितिबाट :
संयोजक — डा. मिनेन्द्र रिजाल
सदस्य — श्री महालक्ष्मी उपाध्याय ‘डिना’
सचिव — श्री विष्णुदेव ठाकुर पर्सा, बारा, रौतहट, सर्लाही
(जिल्ला सभापति/महासमिति सदस्य/क्षेत्रीय सभापति/महाधिवेशन प्रतिनिधिः २७६, प्रतिनिधिसभा सदस्यः ६, प्रदेशसभा सदस्यः ११, जम्माः २९३ र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु)
३ असोज ८, ९ पार्टी केन्द्रीय कार्यालय, ललितपुर
प्रमुख अतिथि : श्री शेरबहादुर देउवा
मस्यौदा समितिबाट :
संयोजक — श्री दिलेन्द्रप्रसाद बडू
सदस्य — श्री सिता गुरुङ
सचिव — श्री प्रेम के.सी. काठमाडौँ, ललितपुर, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर
(जिल्ला सभापति/महासमिति सदस्य/क्षेत्रीय सभापति/महाधिवेशन प्रतिनिधिः ३४८, प्रतिनिधिसभा सदस्यः ७, राष्ट्रियसभा सदस्यः २, प्रदेशसभा सदस्यः १९, जम्माः ३७६ र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु)
असोज ११, १२ काभ्रे (धुलिखेल)
प्रमुख अतिथि : श्री सीतादेवी यादव
मस्यौदा समितिबाट :
संयोजक — श्री दिलेन्द्रप्रसाद बडू
सदस्य — श्री सिता गुरुङ
सचिव — श्री प्रदिप पराजुली काभ्रे, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक
(जिल्ला सभापति:महासमिति सदस्य/क्षेत्रीय सभापति/महाधिवेशन प्रतिनिधिः १९२, प्रतिनिधिसभा सदस्यः १, प्रदेशसभा सदस्यः ३, जम्माः १९६ र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु)
गण्डकी असोज ९, १० कास्की (पोखरा)
प्रमुख अतिथि : डा. शशांक कोइराला
मस्यौदा समितिबाट :
संयोजक — श्री फरमूल्लाह मंसुर
सदस्य — श्री अमरसिंह पुन
सचिव — श्री कृष्णप्रसाद रिजाल कास्की, गोरखा, तनहुँ, लम्जुङ, स्याङ्जा, मनाङ, नवलपरासी (वर्दघाट सुस्ता पूर्व)
(जिल्ला सभापति÷महासमिति सदस्य/क्षेत्रीय सभापति/महाधिवेशन प्रतिनिधिः २६४, प्रतिनिधिसभा सदस्यः ४, राष्ट्रियसभा सदस्यः २, प्रदेशसभा सदस्यः १२, जम्माः २८२ र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु)
असोज १२, १३ बाग्लुङ
प्रमुख अतिथि :श्री अर्जुननरसिंह के.सी.
मस्यौदा समितिबाट :
संयोजक — श्री फरमूल्लाह मंसुर
सदस्य — श्री अमरसिंह पुन
सचिव — श्री कृष्णप्रसाद रिजाल बाग्लुङ, म्याग्दी, मुस्ताङ, पर्वत
(जिल्ला सभापति/महासमिति सदस्य/क्षेत्रीय सभापति/महाधिवेशन प्रतिनिधिः ८४, प्रतिनिधिसभा सदस्यः २, प्रदेशसभा सदस्यः ३, जम्माः ८९ र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु)
५ असोज ९, १० रुपन्देही (भैरहवा)
प्रमुख अतिथि :श्री विजयकुमार गच्छदार
मस्यौदा समितिबाट :
संयोजक — श्री रमेश लेखक
सदस्य — श्री मदन अमात्य
सचिव — श्री हरि खनाल रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)
(जिल्ला सभापति/महासमिति सदस्य/क्षेत्रीय सभापति/महाधिवेशन प्रतिनिधिः २६४, प्रतिनिधिसभा सदस्यः ७, राष्ट्रियसभा सदस्यः १, प्रदेशसभा सदस्यः १३, जम्माः २८५ र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु)
असोज १२, १३ दाङ (घोराही)
प्रमुख अतिथि :श्री विमलेन्द्र निधि
मस्यौदा समितिबाट :
संयोजक — श्री रमेश लेखक
सदस्य — श्री मदन अमात्य
सचिव — श्री हरि खनाल दाङ, बाँके, वर्दिया, प्यूठान, रोल्पा, रुकुम (पूर्वी भाग)
(जिल्ला सभापति/महासमिति सदस्य/क्षेत्रीय सभापति/महाधिवेशन प्रतिनिधिः २१६, प्रतिनिधिसभा सदस्यः ५, राष्ट्रियसभा सदस्यः १, प्रदेशसभा सदस्यः ६, जम्माः २२८ र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु)
कर्णाली असोज ८, ९ सुर्खेत (वीरेन्द्रनगर)
प्रमुख अतिथि :श्री चित्रलेखा यादव
मस्यौदा समितिबाट :
संयोजक — श्री मानबहादुर विश्वकर्मा
सदस्य — श्री प्रदीप पौडेल
सचिव — श्री सूर्यप्रसाद भट्टराई सुर्खेत, हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, रुकुम (पश्चिम भाग), सल्यान
(जिल्ला सभापति/महासमिति सदस्य/क्षेत्रीय सभापति/महाधिवेशन प्रतिनिधिः १८०, प्रतिनिधिसभा सदस्यः १, प्रदेशसभा सदस्यः ६, जम्माः १८७ र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु)
७ असोज ११, १२ कैलाली (धनगढी)
प्रमुख अतिथि : डा. प्रकाशशरण महत
मस्यौदा समितिबाट :
संयोजक — श्री मानबहादुर विश्वकर्मा
सदस्य — श्री प्रदीप पौडेल
सचिव — श्री सूर्यप्रसाद भट्टराई कैलाली, डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर
(जिल्ला सभापति/महासमिति सदस्य/क्षेत्रीय सभापति/महाधिवेशन प्रतिनिधिः २५२, प्रतिनिधिसभा सदस्यः ५, राष्ट्रियसभा सदस्यः २, प्रदेशसभा सदस्यः १२, जम्माः २७१ र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु)