काठमाडौं, ७ असोज । नवनियुक्त अख्तियार प्रमुख नवीनकुमार घिमिरेले पदबहालीको दिन भ्रष्टाचारमाथि निर्ममतापूर्वक जाइलाग्न कर्मचारीलाई आदेश दिएपछि नेपाल वायुसेवा निगममा ६ अर्ब ५९ करोड रुपैया घोटाला गरेर प्रचलित नियमकानून उल्लंघन गर्दै २४ अर्बका दुई थान एअरबसका वाईड बडीका जहाज खरिद गर्ने गिरोह त्रसित बनेको बताइन्छ ।
निगम सूत्रका अनुसार यो खरिदमा अग्र पक्तिमा रहेकाहरुको नूर गिरेको छ ।
यो खरिदमा संलग्न दोषीहरु अहिले चूपचाप बसेर समय कटाउने रणनीतिमा छन् । उनीहरु अझै पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई प्रभावित गरी मन्त्रालयले गठन गरेको छानवीन समितिबाट भ्रष्टाचार नभएको सफाई लिन प्रयासरत रहेको बताइन्छ । वाईड बडी खरिदको केही रस चाखिसक्नुभएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको सदासयता अझै पनि वाईड बडी खरिद गरेर वाईड ढंगले घोटाला गरी बोराका बोरा रकम शक्ति केन्द्रमा बुझाउन सक्ने भनि चिनिएका निगमका पुरानो टीमप्रति रहि नै रहेको बताइन्छ ।
टेण्डर गरियो एअरबस ३३०- २०० ल्याइयो ३३० -२४३
नेपालको इतिहासको सार्वजनिक खरिद कार्यमा अहिलेसम्मकै सबैभन्दा ठूलो घोटाला काण्डमा जहाँ हेर्यो त्यही नियम कानूनको ठाडो उल्लंघन भएको देखिन्छ । नयाँ विमान खरिद गर्दा उत्पादक कम्पनीहरुबीच प्रतिस्पर्धा गराएरमात्र खरिद गर्नुपर्नेमा मोटो रकम कमिशन र मूल्यान्तरमा खान पाउने देखेर निगमको व्यवस्थापनले पुरानो विमान खरिद गर्ने प्रावधन अनुरुप विज्ञापन गरी २४ अर्बको खरिद प्रक्रिया अगाडि बडाएको थियो ।
अमेरिकी कम्पनी बोइड.ले कमिशन नदिने भएकोले निगमले बोइडलाई टेण्डर प्रक्रियामा सहभागी हुने बाटो नै अबरुद्ध गर्दै आएको छ । निगमको आर्थिक नियमावली र नेपालको सार्वजनिक खरिद ऐन तथा नियमावली दुवैले खरिद कार्यमा कुनै पनि सामान खरिद गर्दा एकमात्र निर्माता वा उत्पादक वा सेवा प्रदायक भएकोमा बाहेक खुला प्रतिस्पर्धा हुने गरि खरिद गर्नुपर्ने व्यवस्था गरेका छन् । तर नेपाल वायुसेवा निगमको व्यवस्थापनले नेपाल सरकारको ग्यारेन्टीमा २४ अर्बको जहाज खरिद गर्दा जहाज निर्माता अमेरिकी कम्पनी बोईड.लाई सहभागी हुनबाटै बञ्चित गरिदियो । र टेण्डरमा उल्लेख गरियो निगमलाई दुई थान एअरबस ३३० -२०० का वाईड बडी आवश्यक भएकोले सोको आपूर्ति गर्नू भन्ने । सीधै उत्पादक कम्पनीसंग किन्दा धेरै कुरा पारदर्शी हुने र चाहे जति रकम खान नपाउने देखिएपछि निगमको तात्कालिन व्यवस्थापनले नयाँ जुक्ति निकाल्यो १००० घण्टासम्म उडेको पुरानो विमान किन्ने र्शत राखिदिने । यति भएपछि निर्माता एअरबसले सहभागिता जनाउने संभावना रहदैन । दलाल कम्पनीमार्फत खरिद गर्दा वाईड बडी खरिदको अनुभव नेपालमा नभएकोले जति पनि रकम खानपाइने संभावना निगमको व्यवस्थापनले देख्यो । सोही अनुरुप १००० घण्टासम्म उडेको विमान र १००० घण्टासम्म उडेको इन्जिन भएका एअरबस ३३०- २०० आपूर्ति गर्न २६ सेप्टेम्बर २०१६ मा ४५ दिनको म्याद राखेर ग्लोबल टेण्डर आह्वान गरिएको थियो ।
Nepal Airlines Corporation (NAC)
Kantipath, Kathmandu
Nepal
Request for Proposal (RFP)
for
Purchase of Two A330-200 Jet Aircraft
with
Rolls Royce Trent 772B
First Date of Publication: 26th September 2016
Last Date of Submission: 9th November 2016
Nepal Airlines Corporation(NAC) a national flag carrier, fully
owned by Government of Nepal, having its headquarter at
Kathmandu invites Sealed Offer from Aircraft Manufacturing
Companies, Airlines, Aircraft leasing companies and Bankers
for purchase of Two A330-200 jet Aircraft as specified in RFP.
Offer must reach at the Office of the Managing Director, Nepal
Airlines Corporation, Kantipath, Kathmandu, Nepal in the Office
hours within Forty-Five (45) days from the date of first
publication of this notice. Offer received after above mentioned
date will not be accepted. For detail RFP, please visit website in
Notice/Announcement section
http://www.nepalairlines.com.np
RFP document is also available at the Office of the Managing
Director during office hours which can be provided upon written
request from the interested parties. NAC reserves all rights to
accept or reject all or any offers received without giving any
reason whatsoever.
३३०- २४३ सेरिजको जहाज :खानेदाऊ मात्रै
नेपाल वायुसेवा निगमले एअरबस ३३०- २०० का दुईवटा वाइड बडी जेट विमान ल्याउन टेण्डर गरेको थियो । निगमको व्यवस्थापनसंग सम्पर्कमा रहेका एएआर इन्टरनेशनल इन्क अमेरिकाका बजार व्यवस्थापक दीपक शर्माले सो सेरिजको जहाज १०४.८ मिलियनमा( २०१६ को आधार मूल्यमा) दिने प्रस्ताव गरेका थिए । सो प्रस्तावमा २४२ मेटिक टन अधिकतम् उडानभार भएको एअरबस ३३०- २०० जहाज दिने उल्लेख थियो । जहाज एएआरसंग थिएन । उसले हाईफाई एरोज पोर्चुगलको जहाज देखाएको थियो । तर टेण्डरमा ऊ सहभागी थिएन । त्यसैले प्राप्त टेण्डरमा सबैभन्दा कम मूल्य देखिएर उसले टेण्डर पाउने भएपछि एएआरले हाईफलाई एरोज पोर्चुगल र जर्मन एभिएसन क्यापिटललाई समाविष्ट गरि नयाँ कन्सोर्टिय बनायो । र सो कन्सोर्टियमको तर्फबाट एएआर विक्रेता बनेर २६ जनवरी २०१७ मा निगमसंग जहाज खरिदको समझदारी पत्र गर्यो ।
तर निगम व्यवस्थापनले सो समझदारी अनुरुप हाईफ्लाई एरोजको स्वीजरल्याण्डको जुरिचमा भएको खातामा प्रतिवद्धता शुल्क वापत १०करोड रुपैया( १० मिलियन डलर ) पठायो । तर यसपछि यो खरिदका मतियारहरुलाई यो खरिदमा ठूलै रकम खान सक्ने थाहा भयो । र उनीहरुले यो कार्यसम्पन्न गर्नका लागि आयरल्याण्डको डब्लिनमा हाईफ्लाई एक्स नामक नयाँ कम्पनी दर्ता गरे । खरिद कार्यमा सघाउन भनेर जर्मनीको म्युनिखमा रहेको नर्टन रोज फुल ब्राइट एलएलपीलाई एस्क्रो एजेण्ट नियुक्त गरि उसले जर्मनीको यूनिक्रेडिट बैंकमा खाता खोली त्यसमार्फत कारोबार गर्ने तारतम्य मिलाए । र अप्रिल ७ , २०१७ मा निगमसंग खरिद बिक्री संझौता हुँदा नयाँ खोलिएको हाइफ्लाई एक्स आयरल्याण्डलाई विक्रेता बनाइयो । टेण्डरमा सहभागी नै नभएको र सझदारी पत्र हुँदासम्म दर्ता समेत नभएको कम्पनीलयूाई विक्रेता बनाएर जहाज ल्याउने संझौता गरियो । यो संझौतामा नेपाल वायुसेवा निगमले खरिदको लागि पठाउने रकम नर्टन रोज फुलब्राइटको खातामा जाने र त्यसबाट नर्टन रोजले एअरबसलाई बास्तविक तिर्नुपर्ने रकम न्यूयोर्कमा रहेको डच बैंकमा भएको एअरबसको खातामा पठाएर बाँकी रकम खरिदबिक्री कार्यमा संलग्न पदाधिकारी मिलेर खाने व्यवस्था गरियो ।
विमान नै फेरेर खाने दुस्साहस !
निगमलाई एएआर कम्पनीले २४२ मेटिक टन उडानभार क्षमता भएका वाइड बडी ३३० -२०० का जहाज नै दिने प्रस्ताव गरेको थियो । तर जेमा पनि कमिशन र लुट मच्चाउन प्रयासरत निगमको तात्कालिन नेतृत्वले ३३०- २०० को सटटा ३३० -२४३ सेरिजको जहाज किनेमा यसको मूल्यमा थप खान सक्ने संभावना देख्यो । निगमले टेण्डर माग्दा नै प्रस्तावित जहाजको अधिकतम् उडानभार थप्दा कति खर्चमा कसरी थप्न सकिन्छ भन्ने एक प्रावधान राखेको थियो । त्यसमा एकमात्र कम्पनीले प्रति मेटिक टन ३ लाख ५० हजार डलरमा थप्न सकिने उल्लेख गरेको थियो । यो भएपछि निगमको नेतृत्वले देख्यो, सबैभन्दा सस्तो प्रस्ताव गर्ने कम्पनीको जहाजको २४२ मेटिक टनको अधिकतम् उडान भार १२ मेटिक टनले घटाउदा दुईवटा जहाजमा झण्डै ९१ करोड खान सकिने रहेछ ।
निगम व्यवस्थापन अधिकतम् उडानभार घटाएर खान लालयित भएको कुरा निगमले जहाज खरिदका लागि वार्तामा बस्न खटाएको टोलीसामु उजागर भएको थियो । निगमका वार्ताकारहरुले प्रस्तावक एएआरले २४२ मेटिक टनको जहाज प्रस्ताव गरेकोले सोही जहाज दिनुपर्ने शर्त राख्दा आपूर्तकका तर्फबाट वार्तामा बसेका दीपक शर्माले निगमव्यवस्थापनले एअरबसलाई अधिकतम् उडानभारकाबारेमा सोधेको प्रश्न र एअरबसले दिएको जवाफी पत्र देखाउनुभएको थियो , जसमा निगमले टेण्डरमा उल्लेख गरेका गन्तब्यहरुमा अष्टेलियाबाहेक अन्य गन्तव्यमा २४२ मेटिक टनको जहाज नभएपनि हुने २३० मेटिक टनको जहाजले भ्याउने कुरा उल्लेख थियो ।
यसरी झण्डै एक दशक पहिलेदेखि अष्टेलियासम्म उडाउनका लागि वाइड बडी जहाज चाहिन्छ भनेर हल्ला फिजाउने निगमको तात्कालिन व्यवस्थापनले कमिशन र लुटको मोहमा निगम जस्तो संस्थालाई २४ अर्बको ऋणको भारी बोकाएर अष्टेलियामा पूर्ण क्षमतामा उड्नै नसक्ने खालमा जहाज ल्याउने धृष्टता गरेको रहेछ ।
चाख लाग्दो कुरा त के छ भने निगमको वार्ताकार समूहले बिक्रेतासंग अधिकतमा उडानभार १२ टन घट्ने भएपछि प्रति मेटिक टन ३ लाख ५० हजार डलरका दरले प्रस्तावित मूल्यमा घ्टन अनुरोध गर्यो । तर तात्कालिन व्यवस्थापनसंग तौल घटाएर प्राप्त हुने मूल्य बाँडीचुडी खाने समझदारी गरिसकेका विक्रेताका प्रतिनिधिहरु टसको मस भएनन् ।
टेण्डरमा प्रस्तावकले प्रति जहाज १०४.८ मिलियन सन २०१६ को आधारमूल्यमा दिन सकिने उल्लेख गरेकोले टेण्डर मूल्यांकन समितिले सन २०१६ को वाइड बडीको आधार मूल्य पनि निकाल्यो । २०१६ को ८८ मिलियन आधारमूल्यमा २.७ प्रतिशतको मूल्य बृद्धि दिंदा ९३ मिलियन डलरमा नयाँ बिमान किन्न सकिने प्रतिवेदन दिएको थियो । वार्तासमितिले सो कुरा उठायो तर व्यवस्थापनको साथ पाएको विक्रेताले घटाउने कुरै गरेन । उदेक लाग्दो कुरा त मूल्य प्रति जहाज १०९ मिलियन नबढ्ने भनेर समझदारी र खरिदविक्री संझौतामा उल्लेख गरियो ।र प्रति जहाज १०८.२ मिलियन डलर तिरेर जहाज ल्याइयो ।
यसरी दुईवटा जहाजको खरिदमा ३ अर्ब २८ करोड मूल्यान्तर गरेर घोटाला गरियो । हवाई जहाजको किनबेचमा सक्रिय राजधानीका व्यापारीहरुका अनुसार हवाईजहाजको खरिद बिक्रीमा १० प्रतिशत कमिशन हुन्छ । २४ अर्बको खरीदमा २ अर्ब ४० करोड कमिशनमा घोटाला भएको छ । निगमका एक सञ्चालकले त निगमले अहिले ल्याएको सेरिजको जहाज ७५ मिलियन डलरमा दिन केही ब्यापारी अहिले आफूसंग आएको पनि दावी गरेका छन् । यसरी यो खरिदमा न्यूनतम ६ अर्ब ५९ करोड घोटाला भएको छ ।
२३० र २४२ मेटिक टन क्षमतामा के फरक हुन्छ
१२ मेटिक टनको अधिकतम उडानभार घट्दा यसको इन्धन राख्ने ट्याड.कीको आकार पनि घट्न जान्छ । सो आकार घटेपछि यसले कम इन्धन बोक्छ । आकाशमा उडाउने जहाजहरु कहिले काही खराब मौसम,कहिले काही गन्तब्य एअरपोर्टमा हुने प्राकृतिक र मानवीय वा आकास्मिक घट्नाका कारण केही घण्टा आकाशमा नै उडाउन पर्ने वा नजिकको एअरपोर्टहरुमा डाइभर्ट गर्नुपर्ने हुन्छ । त्यसका लागि रिजर्भ फ्युल राख्नुपर्दछ । जसले गर्दा थोरै इन्धन बोक्नेजहाज लामो गन्तव्यका लागि सुरक्षित र भरपर्दो नभई जोखिमयुक्त हुनजाने हुन्छ ।
निगमले ल्याएका अहिलेका वाइड बडी जहाजको सीट क्षमता २ सय ७४ छ । तर २४२ मेटिक टन क्षमताको जहाजमा ४०६ जनासम्म अट्ने गरि सीट प्लानिड. गर्न मिल्छ । यसको कार्गो बहन क्षमता पनि बढी हुने भएकोले अतिरिक्त आम्दानी पनि त्यतिकै हुन जान्छ ।
निगमका प्राविधिकहरु के भन्दछन भने यो सेरिजको जहाजले इन्धन खपत पनि बढी गछ । यसको इन्धन खपत प्रतिघण्टा ७ टन रहेको छ । यसको इन्धन बहन क्षमता करिब १०९ टन रहेको बताइन्छ । आकाशमा व्यवधान नहुने हो भने यसले १५ घण्टाको उडान गन्तक्यमा जान भ्याउछ । तर लामो उडानमा आकाशमा आउने विभिन्न जोखिम र जमिनको हवाईमैदानमा हुन सक्ने मानवीय,प्राकृतिक र आकास्मिक जोखिमलाई मध्यनजर गरी ३ देखि ४ घण्टाको रिजर्भ इन्धन वैकल्पिक हवाई मैदान(एअरपोटर्)को लागि राख्नुपर्दछ । जसले गर्दा निगमले अहिले ल्याएका २४३ सेरिजका जहाजहरु व्यवसायिक रुपमा अष्टेलिया जान सक्दैनन् ।
प्राविधिक कुरा जान्नेलाई लखट्ने प्रयास
सरकारी जमानतमा सरकारी स्वामित्वमा रहेका कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको १२ बाह्र अर्ब ऋण लिएर सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगमले नेपाल सरकारले सार्वजनिक खरिदका लागि तर्जुमा गरि व्यवस्थापिका मार्फत पारित गरेर राष्टपतिको लालमोहर लगाएर प्रमाणित गरि देशभर र विदेशका नेपाली कार्यालयहरुमा समेत कार्यान्वयनमा ल्याएको सार्वजनिक खरिद ऐन, नियमावली र निगमको आफ्नै आर्थिक नियमावलीलाई उल्लंघन गरि ऐतिहासिक ठूलो घोटाला भएको यो काण्डमा अहिले संसदमा चर्केको छ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन थालिसकेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्च स्रोतका अनुसार निगमको वाइड बडीको जहाज खरिदका विषयमा निगमका तात्कालिन व्यवस्थापकहरु जेल नै जानसक्ने अवस्था आउन थालेपछि निगमका तात्कालिन व्यवस्थापकहरुले निगमको सञ्चालक समितिमा प्राविधिक विषयमा अधिक जानकारी राख्ने अच्यूत पहाडीलाई किनारा लगाउन ठूलो प्रयत्न गरिरहेका छन् ।
पहाडी निगमले जहाज ल्याउन टेण्डर गरिसकेपछि बोर्ड सदस्यको रुपमा नियुक्त हुनुभएका एकमात्र प्राविधिक हुनुुहुन्छ । उहाँ निगमको इञ्जिनियरिड. विभागको निर्देशक पदबाट अवकाश प्राप्त गर्नुभएको हो । कहिले उहाँलाई निगमको सञ्चालक समितिको सदस्य भएर अन्यत्र परामर्शदाताको काम गरेका आरोप लगाउने गरिएको छ त कहिले अन्यत्र जागीर खाएको रेकर्ड भेटिन्छ कि भनेर खोजिनीति गरिएको छ ।
निगमको सञ्चालक समितिमा विज्ञ र व्यवसायिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिले बाहिर काम गर्न नपाउने भन्ने छैन, निगमका अन्य सञ्चालकहरु पनि ब्यवसायिक व्यक्तिहरु हुनुहुन्छ ।
६ अर्ब ५९ करोडको कमिशन र नयाँ जहाज खरिदको हरियो घासको मोह त्याग गरिनसक्नुभएका मन्त्री रविन्द्र अधिकारी भने पहाडीको विषयमा निर्णय गर्न दोधारमा हुनुहुन्छ । किनकी पहाडीको पनि पुख्यौली थलो पोखरा हो । उहाँलाई हटाएमा वाइड बडीको कमिशन खान हटाएको सन्देश जान्छ ।
यसैबीच निगमका सञ्चालक अच्यूत पहाडीले निगमको सञ्चालक समितिको बैठक भत्ता अबदेखि यौनजन्य हिंसा पीडित महिलाहरुको हितमा दिने घोषणा गर्नुभएको छ ।